रोनाल्डो–विपाशादेखि दीपिकासम्म, यी हुन् बलिउडका विवादास्पद किस
भ्यालेन्टाइन डेभन्दा एक दिनअघि किस डे मनाइन्छ । चुम्बनले प्रेमको गहिराई बताउँछ पनि भनिन्छ । तर, आज हामी बलिउडका त्यस्ता चुम्बनको चर्चा गर्दैछौं, जसले विवाद धेरै र प्रेम कम प्रदर्शन ग¥यो ।
फुटबल स्टार क्रिष्ट्रियानो रोनाल्डो र बलिउड अभिनेत्री विपाशा बासुको चुम्बनले भारतमा ठूलै हंगामा मच्चाएको थियो । यस चुम्बनको चर्चापछि हैरान बनेका जोन इब्राहिमसँग अन्ततः विपाशाको ब्रेकअप नै भयो । २००७ मा पोर्चुुगलमा आयोजित एक समारोहमा रोनाल्डोले खुलेयाम विपाशालाई किस गरेका थिए । विपाशासँग रोनाल्डोको अफेयर चलेको अनुमान केही सञ्चारमाध्यमले लगाएपनि त्यो पुष्टि भने हुन सकेन ।
निर्माता तथा निर्देशक महेश भट्ट आफ्नै छोरीलाई किस गरेर विवादमा तानिए । छोरी पुजा भट्टसँग यी बाबुले स्टारडस्ट म्यागेजिनका लागि फोटोसूट गराएका थिए । त्यसक्रममा पुुजासँगको उनको लिपलक सिन निकै विवादीत बन्यो । यो फोटो म्यागेजिनको कभरमा छापिएको थियो ।
सन् २०१५ मा भारतका चर्चित वकिल राम जेठमलानीले आफ्नो जमानाकी प्रख्यात अभिनेत्री लिना चन्द्रवारकरलाई च्याप्पै समातेर ओठमा किस गरे । यस चुम्बनको पनि चर्चा धेरै भयो ।
सन् २०१३ मा दीपिका पादुुकोण र सिद्धार्थ माल्याको किसिङ सिनले धेरै चर्चा पाएको थियो । यतिबेला आईपिएल टिम रोयल च्यालेन्जर्स बैंग्लोर र कोलकाता नाइट राइडर्सबीच म्यान चलिरहेको थियो । दीपिका पनि सिद्धार्थसँगै बसेर म्याच हेरिरहेकी थिइन् । रोयल च्यालेन्जर्सले खेल जित्नासाथ सिद्धार्थले दीपिकालाई समातेर किस गरे ।
२००७ मा राखी सावन्त मिका सिंहको बर्थ डे पार्टीमा गएकी थिइन् । त्यहाँ मिकाले उनलाई जर्बजस्ती किस गरे । यसपछि राखी निकै रिसाएकी थिइन् । राखीले पुलिसमा उजूरी समेत गरेकी गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्यको खोजीकार्य जारी
-
प्रधानमन्त्रीको अभिव्यक्ति छिमेकी मुलुकलाई खुसी पार्ने खालको छ : विश्वकर्मा
-
साझा बसको रङ फेरेर साउन १ देखि चल्दैछन् ‘ब्लु बस’, कुन रुटमा कतिवटा ?
-
जापानमा रनिङ कप फुटबल सम्पन्न, ओइजुमी एफसीले जित्यो उपाधि
-
प्रधानमन्त्री सडकको होइन, देशको हुनुपर्छ : एमाले
-
महिलाको चरित्र हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण