विजय र प्रविशाको भ्यालेन्टाइन विशेष गीत ‘दुरी मजबुरी’ (भिडियोसहित)
आइतबार, ०२ फागुन २०७७, १३ : ३२
काठमाडौँ । गायक सिडी विजय अधिकारी र गायिका प्रविशा अधिकारीको भ्यालेन्टाइन विशेष गीत ‘दुरी मजबुरी’ सार्वजनिक भएको छ । एनेक्समक्स म्युजिक प्रोडक्सन टिमद्धरा सिर्जित विश्वभरीनै चर्चित ट्युनमा ‘दुरी मजबुरी’ को भिडियो तयार गरिएको छ । टिकटक, भ्ल्ग, युट्युब लगायत थुप्रै स्थानमा पहिले नै निक्कै चर्चा कमाइसकेको ट्युनमा गायक सिडी विजय अधिकारीले शब्द तथा संगीत गीत तयार भएको हो ।
भ्यालेन्टाइनको अवसरमा सार्वजनिक यो गीतमा प्रेमपीडा छ । गीतको भिडियो उत्तम श्रेष्ठ ‘शिशिर’ ले निर्देशन गरेका हुन् । मोडल सुधीर श्रेष्ठ र अशु न्यौपानेको अलवा गीतको भिडियोमा कलाकारहरु सरोज खनाल, रश्मी भट्ट, उत्तम श्रेष्ठ समेत देखिएका छन् । भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईँले खिचेका हुन्, भने कोरियोग्राफीमा सन्तोष राजबहाक, सम्पादनमा अमृत चापागाई रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिक्रमित सबै जग्गा किनबेच र हस्तान्तरण रोक्न पत्राचार
-
कर्णालीको सामाजिक विकास मन्त्रालयलाई ६ अर्ब १० करोड बजेट
-
कर्णालीको जलस्रोत तथा ऊर्जा मन्त्रालयको बजेट ह्वात्तै बढ्यो, ४ अर्ब ८१ करोड
-
जी–७ को सम्मेलन फ्रान्समा सुरु हुँदैः को–को जाँदैछन्, के छन् एजेन्डा ?
-
भागबण्डा नमिल्दा सुदूरपश्चिमको बजेट भाषण अनिश्चित
-
लुम्बिनी सरकारले ल्यायो ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण