सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

‘जुन त्यो जुन’ मा रोमान्टिक अवतारमा एलिसा र निराजन

सोमबार, ०३ फागुन २०७७, १३ : ४५
सोमबार, ०३ फागुन २०७७

काठमाडौँ । गायक अपाथ माप्छनको नयाँ  गीत ‘जुन त्यो जुन’ सार्वजनिक भएको छ । गीत गायनमा अपाथलाई गायिका एलिना चौहानले साथ दिएकी छन् । कमल राईको शब्द तथा संगीत रहेको गीतमा एरेन्ज पनि कमलकै रहेको छ । गीतको भिडियोमा मोडल निराजन प्रधान र एलिसा राईको अभिनय रहेको छ । 

भिडियो सोनम पाख्रिनले निर्देशन गरेका हुन् । निर्देशक पाख्रिनले मोडलमार्फत युवा अवस्था जानेर नजानेर गरिने प्रेम पस्किएका छन् । बुद्ध थापाको छायाँकन, सुशील न्यौपानेको सम्पादन रहेको भिडियो रिदम स्क्रिन क्रियशनले बाहिर ल्याएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप