सुशान्तको सम्झना गर्दै बहिनी श्वेताले गरिन् भावुक पोष्ट,लेखिन्- ‘कहाँ गयौ बेबी ? फर्किएर आउ’
मुम्बई । अभिनेता सुशान्तसिंह राजपूतको निधन भएको हिजो अर्थात १४ फेब्रुअरीबाट ८ महिना पुरा भएको छ । अहिले पनि उनको परिवार र फ्यान न्यायको पर्खाइमा छन् । सुशान्तकी बहिनी श्वेतासिंह कीर्तिले सामाजिक सञ्जालमा पोस्टमार्फत उनको याद गरिरहने गरेकी छन् । अहिले पनि श्वेताले सुशान्तको तस्बिर पोष्ट गर्दै एमोशनल म्यासेज लेखेकी छिन् ।
श्वेताले सुशान्त मुस्कुराएको तस्बिर शेयर गर्दै लेखेकी छन्, ‘कहाँ गयौ बेबी ? फर्किएर आउ । अहिले ८ महिना भयो, तिमीलाई देखेको पनि छैन, तिम्रो आवाज पनि सुनेको पनि छैन । प्लिज फर्किएर आउ ।’
फ्यानले समेत उनले पोष्ट गरेको सुशान्तको तस्बिरमा प्रेम बसाइरहेका छन् ।
सुशान्त १४ जुन २०२० मा बान्द्रास्थित फ्लाइटमा मृत भेटिएका थिए । सीबीआईले यो विषयमा जाँच गरिहेको छ । यसको अलवा एनसीबी र ईडीले पनि यो बिषयमा जाँच गरिरहेको छ । तर अहिलेसम्म यो केस सुल्झिएको छैन । सुशान्तका परिवार र फ्यान अहिले पनि न्यायको बाटो हेरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खामेनीको अन्त्येष्टिका क्रममा आक्रमण नगर्न अमेरिका र इजरायललाई इरानको चेतावनी
-
‘सहकारीका बचतकर्ताको पैसा फिर्ता गराउन सरकार निर्मम हुन्छ’
-
प्रहरीका ८ जना एआईजीको सरुवा, सीआईबीमा उमा चतुर्वेदी
-
सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित
-
व्यक्तिगत कारणले पाइलटले विमानलाई गगनचुम्बी भवनमा ठोक्काएको चीनको निष्कर्ष
-
बजेट संशोधनको माग गर्दै दोस्रो दिन पनि मधेस प्रदेशसभा अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण