विरोधका बीच आङ सान सूकीमाथि नयाँ आपराधिक आरोप
म्यानमारमा हिरासतमा रहेकी विपक्षी नेता आङ सान सूकीमाथि दोस्रो आपराधिक आरोप दर्ता गरिएको छ । उनी भिडियो लिङ्कमार्फत् अदालतमा उपस्थित भएकै दिन उनीमाथि यस्तो आरोप लागेको हो ।
यसअघि अनधिकृत रुपमा वाकीटकी राखेको आरोप लगाइएकी सूकीमाथि देशको प्राकृतिक प्रकोपको कानून मिचेको आरोप लागेको छ ।
बुधबार लगाइएको नयाँ आरोप ठ्याक्कै के हो भन्नेबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन ।
म्यानमारमा विरोध प्रदर्शन चर्किरहेका बीच त्यहाँको सेनाले नयाँ चुनाव आयोजना गर्ने र सत्ता हस्तान्तरण गर्ने आफ्नो बाचा दोहोराएको छ ।
कूको विरोधमा प्रदर्शन गरिरहेकाहरुले आङ सान सूचीलगायत आफूले चयन गरेका नेताहरुको तत्काल रिहाई गर्न माग गरेका छन् ।
सैन्य कू गरेपछिको पहिलो पत्रकार सम्मेलनमा प्रवक्ता ब्रिग ज मीन तुनले सेना लामो समयसम्म सत्तामा नरहने स्पष्ट पार्दै योजनाबद्ध रुपमा गरिएको निर्वाचनमा जुन पार्टी विजय हुन्छ, उनीहरुलाई सत्ता हस्तान्तरण गरिने जानकारी दिए ।
यद्यपि, उनले निर्वाचनको मिति भने तोकेनन् ।
मंगलबार आयोजित उक्त पत्रकार सम्मेलनमा मिन तुनले अघिल्लो वर्ष नोभेम्बरको चुनावमा धाँधली भएको कुरा कुनै प्रमाण नदिइकनै दोहोराए ।
आङ सान सूचीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) भारी मतसहित विजयी भएको थियो । सेनाले चुनावमा धोका भएका कारण नै आफूहरु सैन्य कू गर्न बाध्य भएको बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा प्रहार भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण