गुल्मीमा जिप दुर्घटना, १ जनाको मृत्यु, ७ जना घाइते
बुधबार, ०५ फागुन २०७७, १९ : ३३
गुल्मी । गुल्मीको परालमीमा जिप दुर्घटना भएको छ । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । सदरमुकाम तम्घासबाट रेसुंगा नगरपालिका १४ परालमी जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप वडा कार्यालय नजिकै दुर्घटना हुँदा १ जनाको मृत्यु भएको वडाअध्यक्ष शेरबहादुर पहराईले जानकारी दिए । दुर्घटनामा घाइते भएका ७ जनालाई जिल्ला अस्पताल तम्घास पठाइएको वडाअध्यक्ष पहराईले बताए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले दुर्घटनाको पुष्टि गरेका छन् । उनले जिप दुर्घटना भएको तर प्रहरी टोली त्यहाँ पुगिनसकेकोले मृत्यु पुष्टि गर्न अहिले नै नसकिने जानकारी दिए । जिप सडकबाट करिब ८ सय फिट तल खसेको जनाइएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण