म्यानमारमा कूको विरोधमा सडकमा उत्रिँदा टाउकोमा गोली खाएकी युवतीको मृत्यु
म्यानमारमा सैन्य कूको विरोधमा सडकमा उत्रिँदा टाउकोमा गोली खाएकी युवतीको मृत्यु भएको छ ।
२० वर्षीया ती युवती प्रर्दशनमा भाग लिँदा ज्यान गुमाउने पहिलो व्यक्ति हुन् ।
म्या थ्यू खाइङ्गलाई अघिल्लो हप्ता टाउकोमा गोली लागेपछि गम्भीर चोट लागेको थियो ।
आङ सान सूकीको सरकार ढालेर सैन्य कू गरेको विरोधमा थुप्रै दिनदेखि सडकमा उत्रिएका प्रदर्शनकारीमध्ये उनी पनि एक थिइन् ।
राजधानीस्थित अस्पताल न्या पि तले उनको मृत्यु स्थानीय समयानुसार शुक्रबार बिहान ११ बजे भएको पुष्टि गरेको छ ।
अस्पतालका डाक्टरले एएफपी न्यूज एजेन्सीलाई भने, ‘हामी न्यायको माग गर्दै अघि बढ्नेछौं । उनलाई अस्पतालको आइसीयूमा भर्ना गरेलगत्तै अस्पतालका कर्मचारीमाथि अत्यधिक दबाब बनेको थियो । ’
अधिकारीले यस घटनाबारे अनुसन्धान हुने जानकारी दिएका छन् ।
फेब्रुअरी ९ मा अस्पतालमा पुर्याएपछि नै म्या थ्यूलाई लाइफ सपोर्ट (भेन्टिलेटर) मा राखिएको थियो ।
म्या थ्यूका पूरा परिवार आङ सान सूकीका समर्थक हुन् ।
उनका दाइका अनुसार म्या थ्यूले पहिलो पटक गत नोभेम्बरमो आम निर्वाचनमा मतदान गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा प्रहार भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण