जनताले ओली सरकारको विदा गर्ने दिन आयोः प्रकाशमान सिंह
शुक्रबार, ०७ फागुन २०७७, १६ : ४१
काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारको जनताले विदा गर्ने दिन आएको बताएका छन् । नेपाली काँग्रेस जिल्ला पार्टी कार्यलय नुवाकोटको भवन उद्घाटन कार्यक्रममा नेता सिंहले नेपाल कम्युनिस्ट पार्टी सत्ता सञ्चालनमा असफल भएकाले नेकपा र ओली सरकारको जनताले विदा गर्ने दिन आएको बताएका हुन् ।
उनले भने, ‘नेकपा सत्ता सञ्चालनमा असफल भयो । अब नेकपा र ओली सरकारको जनताले बिदा गर्ने दिन आएको छ । र जनताले विदा पनि गर्छन् ।’ नेता सिंहले ओलीले संसद विघटन संविधान अनुसार नभई राजनैतिक निर्णय गरेको बताएकाले यसबाट ओली आफैले असंवैधानिक कदम उठाएको स्वीकार गरेको बताए ।
पटक–पटक मौका पाए पनि कम्युनिस्टहरु सफल हुन नसकेको भन्दै इतिहासमा काँग्रेसले सँधै जनताको कार्य गरेको र अझै पनि काँग्रेस जनताको सेवा गर्न सँधै तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण