आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

जनताले ओली सरकारको विदा गर्ने दिन आयोः प्रकाशमान सिंह

शुक्रबार, ०७ फागुन २०७७, १६ : ४१
शुक्रबार, ०७ फागुन २०७७

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले  केपी ओली नेतृत्वको सरकारको जनताले विदा गर्ने दिन आएको बताएका छन्  । नेपाली काँग्रेस जिल्ला पार्टी कार्यलय नुवाकोटको भवन उद्घाटन कार्यक्रममा नेता सिंहले नेपाल कम्युनिस्ट पार्टी सत्ता सञ्चालनमा असफल भएकाले नेकपा र ओली सरकारको जनताले विदा गर्ने दिन आएको बताएका हुन् ।

उनले भने, ‘नेकपा सत्ता सञ्चालनमा असफल भयो । अब नेकपा र ओली सरकारको जनताले बिदा गर्ने दिन आएको छ । र जनताले विदा पनि गर्छन् ।’ नेता सिंहले ओलीले संसद विघटन संविधान अनुसार नभई राजनैतिक निर्णय गरेको बताएकाले यसबाट ओली आफैले असंवैधानिक कदम उठाएको स्वीकार गरेको बताए ।

पटक–पटक मौका पाए पनि कम्युनिस्टहरु सफल हुन नसकेको भन्दै इतिहासमा काँग्रेसले सँधै जनताको कार्य गरेको र अझै पनि काँग्रेस जनताको सेवा गर्न सँधै तयार रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप