शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

आज मौसम कस्तो रहला ?

शनिबार, ०८ फागुन २०७७, ०८ : २२
शनिबार, ०८ फागुन २०७७

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको  जनाएको छ ।

महाशाखाले हाल देशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागहरूको मौसम सामान्यतया सफा रहेको पूर्वानुमानमा उल्लेख गरेको छ । 
 
यसैगरी, आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । 

भने, प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, आज राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप