सञ्चारमन्त्री गुरुङ र इजरायली राजदूतबीच भेटवार्ता
काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङसँग नेपालका लागि इजरायली राजदूत हानान गोडरले शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा मन्त्री गुरुङ र राजदूत गोडरबीच दुई देशबीचको आपसी हितका विविध विषयमा केन्द्रीत रहेर भेटवार्ता भएको हो । भेटमा मन्त्री गुरुङले इजरायलले सेटलाईट प्रविधिको क्षेत्रमा गरेको प्रगतिबारे जानकारी लिएका थिए । उनले नेपालले सूचना प्रविधिको क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यसमा मित्र राष्ट्रहरुले आर्जन गरेको ज्ञान, सीप, अनुभव उपयोगी हुने विश्वास व्यक्त गरेका थिए ।
राजदूत गोडरले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि इजरायलको सेटलाइट प्रविधि सहज हुने उल्लेख गर्दै त्यसका लागि नेपाल सरकारलाई सहयोग गर्न तत्पर रहेको बताएका थिए । ‘सूचना प्रविधिको क्षेत्रको विकासका लागि नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्कको कामलाई प्राथमिकताका साथ अघि बढाएको छ’ राजदूत गोडरसँगको भेटमा मन्त्री गुरुङले भने, ‘त्यसका लागि अन्य देशहरुले सूचना र प्रविधिको क्षेत्रमा गरेको विकास नेपालको लागि अति उपयोगी हुनेछ ।’ उनले नेपालले ‘समृद्ध नेपालः सुुःखी नेपाली’ को राष्ट्रिय संकल्प पूरा हुने गरी सूचना प्रविधि क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा जोड दिएको पनि बताएका थिए ।
त्यस अवसरमा मन्त्री गुरुङले नेपालीहरुलाई रोजगारीको अवसर दिएको तथा नेपालको कृषि क्षेत्रको विकासका लागि इजरायलले गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए भने राजदूत गोडरले नेपालको कृषि, पर्यटन तथा सेटलाइट प्रविधिको क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण