भारतबाट पनि सरकारी तहमै मल खरिदको प्रस्ताव
काठमाडौँ । बङ्गलादेशबाट जीटुजी सम्झौताबाट मल ल्याउने प्रक्रिया सुरु भएसँगै कृषि तथा पशुपन्छी मन्त्रालयले भारतबाट पनि जीटुजी (सरकार–सरकार) सम्झौताकै माध्यमबाट रासायनिक मल ल्याउने प्रक्रिया सुरु गरेको छ ।
कृषि मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत भारतलाई सम्झौतापत्रको मस्यौदा पठाइसकेको मन्त्रालयका सचिव डा.योगेन्द्र कार्कीले जानकारी दिए ।
कृषि मन्त्रालय परराष्ट्र मन्त्रालयले फागुन ५ गते सम्झौतापत्रको मस्यौदा पठाएको थियो भने परराष्ट्र मन्त्रालयले फागुन ६ गते भारतलाई सो पत्र पठाएको मन्त्रालयले जनाएको छ ।
नेपालले भारतसँग पहिलो चरणमा तीन वर्षका लागि सम्झौता गर्न प्रस्ताव गरिएको कृषि मन्त्रालयका वरिष्ठ अधिकृत गङ्गादत्त आचार्यले बताए ।
तीन वर्षका लागि सम्झौता भएअनुसार मल ल्याउन सफल भयो भने अर्को चरणमा पाँच वर्षका लागि सम्झौता गर्ने उनले बताए ।
सुरुको वर्ष दुई लाख माग गर्ने त्यसपछि वर्षैपिच्छे बढाउँदै जाने र पाँच लाख मेट्रिक टनसम्म मल भारतबाट ल्याउने सम्झौतापत्र मस्यौदामा उल्लेख गरी प्रस्ताव गरिएको उनले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षमा ६ पटक सरकार गठन, सातौं कसरतमा कांग्रेस, एमाले र नेकपा
-
एमालेको सदस्यता नवीकरण करिब ४० प्रतिशत मात्र
-
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
-
सांसदहरूलाई स्वकीय सचिव राख्न दिन ऐन परिमार्जन
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण