युभेन्टसको जीतमा रोनाल्डोको दुई गोल
मङ्गलबार, ११ फागुन २०७७, ०७ : २९
क्रिस्टियानो रोनाल्डोले हेडमार्फत् दुई गोल गरेपछि युभेन्टसले क्रोटोनेलाई हराउँदै शीर्ष स्थानमा रहेको इन्टर मिलानसँगको दुरी ८ अंकमा घटाएको छ ।
खेलको ३८ औँ मिनेट मिनेटमा एलेक्स सान्ड्रोको क्रसमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा एरोन रामशेको क्रसमा उनले अग्रता दोब्बर बनाए ।
युभेन्टस आएयता साढे दुई वर्षमा उनको यो ७० औँ गोल थियो । यो समयमा रोनाल्डोभन्दा रोबर्ट लेवान्डोस्की र लियोनेल मेस्सीमात्र बढी गोल गरेका छन् । यता, रोनाल्डोको गोल खाने क्रोटोने युरोपको शीर्ष ५ लिगको ७८ औँ टोली बनेको छ ।
त्यस्तै, इन्टरका रोमेलु लुकाकुलाई उछिन्दै रोनाल्डो यो सिजन सिरिए ए को सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा उक्लिएका छन् । दोस्रो हाफमा वेस्टन म्याककेनीले युभेन्टसको तेस्रो गोल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण