मलाई बुढो भएको भन्दै बार्सिलोनाबाट निकालियो : सुवारेज
लुइस सुवारेजले बार्सिलोनाले आफूलाई बुढो भएको भन्दै क्लबबाट आफू निकालेको खुलासा गरेका छन् । गत सेप्टेम्बरमा सुवारेजले बार्सिलोना छाडेर एथ्लेटिको म्याड्रिडसँग आबद्ध भएका थिए । बार्सिलोनाको उक्त निर्णयको कप्तान लियोनेल मेस्सीले समेत आलोचना गरेका थिए ।
३४ वर्षीय उरुग्वेका स्ट्राइकर अहिले नयाँ क्लबमा खुसी छन् तर अझै पनि आफूलाई बुढो भनिएकोमा क्रुद्ध छन् । ‘मलाई सबैभन्दा खड्किएको कुरो भनेको मलाई बुढो भनियो र उच्च स्तरमा खेल्न अब नसक्ने भनियो,’ फ्रान्स फुटबलसँग कुरा गर्दै सुवारेजले भनियो, ‘त्यो कुरा मलाई मन परेन ।’
‘मैले बार्सिलोनाजस्तो क्लबमा गएर केही गर्न नसकेको भए म बुझ्थेँ,’ उनले भने, ‘तर, हरेक वर्ष बार्सिलोनामा रहँदा, मैले प्रत्येक सिजन २० भन्दा बढी गोल गरेँ । मेरो तथ्याङ्क राम्रो थियो, मेस्सीभन्दा मात्र पछि ।’
‘आज हामी देख्न सक्छौँ, बार्सिलोनामा खेल्न सजिलो छैन । अनुबन्ध गरिएका धेरै खेलाडीहरुले अपेक्षाअनुसार प्रदर्शन गर्न सकिरहेका छैनन् । मैले ६ वर्ष बार्सिलोनामा रहँदा एउटा निश्चित तह कायम गरेको थिएँ, उनीहरुको अपेक्षालाई पुरा गरेको थिएँ ।’
‘बार्सिलोनमा अहिले स्थिति परिवर्तन भएको छ, क्लबलाई परिवर्तन चाहिएको छ । मैले त्यो स्वीकार गरेँ । मलाई चित्त नबुझेको कुरा भनेको त्यो कुरा कसरी भयो । मलाई लाग्छ म सम्मानको हकदार थिएँ ।’
बार्सिलोनामा रहँदा सुवारेज सन् २०१५–१६ मा सबै प्रतियोगितामा सर्वाधिक ५९ गोल गरेका थिए । त्यस सिजन मेस्सीलाई पनि उछिन्दै उनले युरोपियन गोल्डन सु जितेका थिए । त्यसपछि सन् २०१६–१७ सिजनमा ३६, २०१७–१८ मा ३१ गोल गरे । अन्तिम दुई सिजनमा भने उनी क्रमशः २३ र २१ गोलमा सिमित बनेका थिए । यो सिजन उनले एथ्लेटिकोका लागि १६ गोल गरिसकेका छन् ।
स्रोत : गोल डटकम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
माइक्रो म्यानेजमेन्टबाट पछि हट्यो अर्थ मन्त्रालय, रकमान्तर र कार्यक्रम संशोधनमा खुकुलो नीति
-
'चमेलीको पोइ'को 'ओइ ओइ चमेली तम्रा शेरे खोइ' सार्वजनिक
-
क्यान्सर जितेकी पहिलो मोडल डली बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’
-
‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण