पाकिस्तानी प्रधानमन्त्री खान श्रीलङ्का प्रस्थान
इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मंगलबारदेखि श्रीलङ्काको भ्रमण सुरु गरेका छन् । दुई दिने औपचारिक भ्रमणका लागि उनी आज त्यस तर्फ प्रस्थान गरेका हुन् । पाकिस्तानी प्रधानमन्त्री खान श्रीलङ्काका समकक्षीको निमन्त्रणामा श्रीलङ्काको भ्रमणमा गएका हुन् ।
भ्रमण टोलीमा प्रधानमन्त्रीसँगै पाकिस्तानी विदेश मन्त्री शाह मोहम्मद कुरेशी, प्रधानमन्त्रीका बाणिज्य, उद्योग, कर तथा लगानी सम्बन्धी सल्लाहकार अब्दुल रजाक दाउद र प्रधानमन्त्रीका विषेश सहयोगी सयद जुल्फीकार अब्बास बुखारी पनि सहभागी भएका छन् ।
प्रधानमन्त्री भएपछि उहाँले पहिलो पटक श्रीलङ्काको भ्रमण गर्नुभएको अधिकारीहरुले जनाएका छन् । उहाँ सन् २०१८ को अगस्टमा पाकिस्तानको प्रधानमन्त्री हुनुभएको हो । खान नेतृत्वको भ्रमण टोलीले व्यापार, लगानी, स्वास्थ्य, शिक्षा, कृषि, विज्ञान तथा प्रविधिलगायतका विषयमा छलफल गर्ने जनाइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिसन ८४ का लागि मात्र नयाँ गठबन्धन बनाएको होइन : मुख्यमन्त्री कार्की
-
छैटौँ सरकार बन्नुमा जनादेश र केन्द्रको समीकरण प्रमुख कारक हो : आङ्बो
-
प्रतिनिधि सभा बन्धक बन्दा संसदीय समितिका विधेयकहरू अलपत्र
-
मुख्यमन्त्री कार्कीद्वारा विश्वासको मत दिन आग्रह
-
‘मिस पबी’ अब कमेडी शोमा
-
चीनमा कोभिडको समाचार लेख्ने पत्रकार चार वर्षपछि रिहा हुँदै