नेपालमा रेम्डिसिभिरले निको हुने दर बढी
प्लाजा थेरापी र रेम्डिसिभिर प्रयोग गरेका कोभिड १९ का बिरामीमध्येमा रेम्डिसिभिर मात्र प्रयोग गरिएका संक्रमितमा निको हुने दर बढी पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै सार्वजनिक गरेको अध्ययन सर्वेक्षणले यस्तो देखाएको हो ।
परिषद्ले गत जुलाइदेखि अक्टोबरभित्र यी बिरामीहरुमा यो अध्ययन गरेको थियो । परिषद्ले मंगलबार नेकपामा कोभिड १९ संक्रमणको उपचारको लागि रेम्डिसिभिर र कन्भलेसेन्ट प्लाज्मा थेरापीको अवलोकन अध्ययनमा यस्तो नतिजा निस्केको हो ।
रेम्डिसिभिर मात्र प्रयोग गरिएका ८४ प्रतिशत बिरामीहरु निको भइ डिस्चार्ज भएका थिए । रेम्डिसिभिर मात्र प्रयोगले मध्यम तहको संक्रमण भएका (जटिल निमोनिया नभएका) बिरामीहरुको निको हुने दर ९४.४ प्रतिशत रहेको थियो ।
रेम्डिसिभिरको तुलनामा कन्भालेलेन्ट प्लाज्मा थेरापी मात्र प्रयोग भएका बिरामीको निको हुने दर ३९ प्रतिशत कम रहेको छ । प्लाज्मा मात्र लिएका बिरामीमा गम्भीर निमोनिया तथा संक्रमण भएको थियो । अध्ययनअनुसार रेम्डेसिभिर र कन्भालेसेन्ट प्लाज्मा दुवै पाएका बिरामीको निको हुने दर ५४ प्रतिशत थियो ।
आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हाम्रो नेतृत्वको सरकारले सुशासन र समृद्धिको जग बसाल्छः खगराज भट्ट
-
कमेडी शो ‘लुरे बुढा, भुँडे बुढी’ लिएर आउँदै इकु र स्नेहा
-
किन एकपछि अर्को गर्दै एक्लिँदै छ नेकपा एमाले ?
-
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
-
लुम्बिनीमा कांग्रेस अझै पर्खाइमा, भोलि पुन बैठक बस्ने
-
सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिमा दुई सदस्य मनोनित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण