पीसीआर रिपोर्ट नहुनेलाई भारत प्रवेशमा रोक
काठमाडौं । भारत सरकारले पीसीआर नेगेटिभ रिपोर्ट विना विदेशी नागरिकहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । विना परीक्षण तथा विना कोभिड–१९ प्रमाणीकरण मुलुकमा विदेशीहरुलाई प्रवेश दिँदा थप जोखिम बढेको जनाउँदै भारत सरकारले यस्तो प्रतिबन्ध लगाएको हो ।
हालसम्मको खुल्ला प्रवेशलाई निषेध गर्दै भारत सरकारले देश भ्रमणमा आउने जो कोही यात्रुले यात्रा पूर्व नै अनलाइनमा पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने प्रावधानको व्यवस्था गरेको छ । योसँगै अबभारत जान चाहने सबै यात्रुहरुले यात्रा पूर्वनै अनलाइनमा आफ्नो स्वास्थ्य परिक्षण पीसीआर नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने छ । यद्यपि यस्तो प्रावधान भने हवाई मार्ग भएर जाने यात्रुहरूका लागि मात्र हो ।
त्यसो त यसअघिसम्म भारत भ्रमणमा जाने यात्रुले पीसीआर रिपोर्ट र सेल्फ डिक्लिरेन्स फारम साथमा लगेर गए मात्र हुनेमा अहिले यी दुबै रिपोर्ट अनिवार्य अनलाइनमा अपलोड गर्नुपर्ने व्यवस्था गरेको हो । अन्यथा अनलाइन अपलोड नगरी यात्रा गर्न खोजेमा उक्त व्यक्तिले यात्राको अनुमति नपाउने भारतीय हेल्थ तथा फेम्ली वेलफेयर मन्त्रालयले जनाएको छ ।
पीसीआर रिपोर्ट र सेल्फ डिक्लिेरेशन फारम भने नयाँ दिल्लीस्थित विमानस्थलको वेभसाइटमा उपलब्ध रहेको छ । हाल नेपाल–भारत नेपाल एयरलाइन्स र एयर इण्डिया दुईवटा मात्र एयरलाइन्सले उडान भर्दै आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण