अब वेबसाइटबाटै माटो परीक्षण
काठमाडौं । अब किसानहरूले माटोमा रहेका विभिन्न गुणहरू डिजिटल नक्साबाट हेर्न पाउने भएका छन् । जीपीएसको माध्यमबाट माटोको डिजिटल नक्सा हेर्न मिल्ने वेबसाइटको बुधवार काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री ओलीले अबका दिनमा नेपाली किसानले आफ्नो जमीनको गुणस्तर थाहा पाउन माटो परीक्षणका लागि प्रयोगशालामा गइरहनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । दक्षिण एशियामै नेपालले पहिलोपटक माटोको डजिटल नक्सा तयार पारेको छ,’ उनले भने ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समन्वयमा नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले सिमिट नेपाल र नेपाल सीड एन्ड फर्टिलाइजर परियोजनाको सहयोगमा मटोको डिजिटल नक्सांकन गरिएको हो ।
माटोको उर्वराशक्ति, अम्लीयपन, प्रांगारिक पदार्थको मात्रा, माटोको बनोट आदि जस्ता माटोका विभिन्न गुणका बारेमा कृषकलाई सजिलै जानकारी दिने उद्देश्यले यो नक्सा तयार गरिएको हो । विगत ४ वर्षदेखि शुरू भएको डिजिटल नक्सांकन कार्य हालै सकिएको हो । यो समाचार आजको आर्थिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले प्रदेश खारेजीको माग गरिरहँदा तपाईंहरूको व्यवहारले उनीहरूलाई बल पुग्दैन ?
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण