प्रतिनिधिसभाका सांसदहरुले ‘कामविहीन’ ३ महिनाको तलब एकैचोटी पाउने

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले प्रतिनिधिसभा बैठक नबसेको झन्डै ३ महिनाको तलब भत्ता एकमुष्ट पाउने भएका छन् । प्रधानमन्त्री केपी ओलीले संसद भंग गरेको अवधिमा नपाएको तलब सांसदहरुले अब एकमुष्ट रुपमा पाउने भएका हुन् । फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि गत पुस ५ गतेदेखि शून्य अवस्थामा रहेको अवधिको पनि तलब पाउने संसद सचिवालयले जनाएको छ ।
संघीय संसद सचिवालयका प्रवक्ता दशरथ धमलाले भने- ‘उहाँहरुले संसद विघटन भएको बेलाको तलब पनि पाउनुहुन्छ । कहिले पठाउने कसरी पठाउने भन्ने कुरा प्रक्रियाका कुरा भएपनि उहाँहरुले तलब पाउनुहुन्छ ।’ २ सय ६९ सांसदले प्रतिनिधिसभाको शून्य अवधिको तलब पाउने भएका हुन् ।
प्रतिनिधिसभाका २ सय ७५ सदस्यमध्ये विभिन्न कारणले ६ स्थान खाली छ । उनीहरुले फागुन महिनाको तलब लिँदा पुस र माघको तलब पनि एकैसाथ पाउने छन् । प्रत्येक सांसदले प्रतिमहिना तलब भत्ता गरी ६५ हजार माथिको रकम बुझ्ने गरेका छन् । प्रतिनिधिसभाका सांसदहरुको लागि मासिक झन्डै २ करोड रुपैयाँ हाराहारी तलब भत्तामा खर्च हुने गरेको छ ।
यसैबीच संघीय संसद सचिवालयले प्रतिनिधिसभाको बैठकका लागि प्रशासनीक, भौतिक तथा प्राविधिक तयारी पूरा भएको जनाएको छ । रातोपाटीसँग कुरा गर्दै संघीय संसदका सहप्रवक्ता धमलाले कोरोना संक्रमणको जोखिमलाई ख्याल गर्दै सचिवालयले भौतिक व्यवस्थापन, प्रशासनिक व्यवस्थापनको कार्य सम्पन्न गरेको जनाकारी दिए । उनले जुनसुकै बेला प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि तयारी अवस्था रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर