तारकेश्वरमा फेरि बर्डफ्लु देखियो
काठमाडौं । काठमाडौँको तारकेश्वरमा फेरि बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागले तारकेश्वर नगरपालिका–१ मा व्यावसायिक रुपमा पालिएका कुखुराको नमुनाको केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरेको पिसिआर परीक्षणमा बर्डफ्लु रोग पुष्टि भएको विभागका महानिर्देशक डा दयमन्ती श्रेष्ठले जानकारी दिइन् ।
यसअघि पनि त्यहाँ बर्डफ्लु रोग देखिएको थियो । यही फागुन ८ गते सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु देखिएको थियो । उनका अनुसार अहिले सो ठाउँलाई पूर्ण निःसङ्क्रमण गरिएको छ । बर्डफ्लु रोग देखिएपछि पाँच हजार ६५७ लेयर्स कुखुरा, सात हजार २३६ ब्रोइलर कुखुरा, दुई हजार ५०४ लोकल कुखुरा, ५० वटा टर्की, तीन हजार ५७० अण्डा र तीन हजार केजी दाना नष्ट गरिएको उनले बताइन् ।
उनले विगत एक महिनादेखि वाग्मती प्रदेशको काठमाडौँको तारकेश्वर, कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा देखा परेको बर्डफ्लु रोग नियन्त्रण गरी सो क्षेत्रलगायत मुलुकभर सघन निगरानी कार्य भइरहेको जानकारी दिइन् । महानिर्देशक डा.श्रेष्ठले रोग पुष्टि भएका क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रण लिन सङ्घ, प्रदेश र स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सबै घर पालुवा पक्षी तथा रोग सार्न सक्ने अन्य बस्तु समेत नष्ट गरिएको जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित
-
आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
-
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
-
सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ
-
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल