प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक
शुक्रबार, १४ फागुन २०७७, १९ : १३
काठमाडौँ । गायक प्रज्वल श्रेष्ठको स्वर रहेको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियोसहित गीत सार्वजनिक भएको हो । गीतमा शब्द, संगीत समेत प्रज्वल श्रेष्ठकै रहेको छ । गीत गायनमा प्रज्वललाई विधान प्रधान ‘सिओडी’ले साथ दिएका छन् ।
प्रेमकथा समेत बुनिएको गीतको भिडियोमा स्वेता मिश्रा र सिमरन शाक्यको अभिनय छ । अनिल मानन्धरको छायाँकन, रोहेल बज्राचार्यको सम्पादन रहेको भिडियो मणिले निर्देशन गरेका हुन् । युवावर्गलाई लक्षित गरेर तयार पारिएको यो गीतमार्फत सुपरस्टार इन्टरटेनमेन्ट सांगीतिक क्षेत्रमा फेरि फर्किएको हो । एक समय सुपरहिट गीत दिएको सुपरस्टारले लामो समयपछि सांगीतिक क्षेत्रमा पुनरागमन गरेको छ ।
सुपरस्टार यमबुद्ध, जिएक्स सोल, सिओडीलगायत नयाँ प्रस्तुति लिएर ‘आगमन’ एल्बमका साथ आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिक्रमित सबै जग्गा किनबेच र हस्तान्तरण रोक्न पत्राचार
-
कर्णालीको सामाजिक विकास मन्त्रालयलाई ६ अर्ब १० करोड बजेट
-
कर्णालीको जलस्रोत तथा ऊर्जा मन्त्रालयको बजेट ह्वात्तै बढ्यो, ४ अर्ब ८१ करोड
-
जी–७ को सम्मेलन फ्रान्समा सुरु हुँदैः को–को जाँदैछन्, के छन् एजेन्डा ?
-
भागबण्डा नमिल्दा सुदूरपश्चिमको बजेट भाषण अनिश्चित
-
लुम्बिनी सरकारले ल्यायो ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण