ट्रली चढेर रुसी कुटनीतिज्ञहरुको समूहले उत्तरकोरिया छोड्यो
एजेन्सी । रुसी कूटनीतिज्ञहरुको एक समूहले आफ्नो परिवारसहित उत्तर कोरिया छोडेको छ । उत्तर कोरियाले कोरोना महामारीका कारण कडा प्रतिबन्ध लगाएलगत्तै रुसी कूटनीतिज्ञहरुको समूहले उत्तर कोरिया छोडेको हो । उनीहरु हातले ठेल्ने ट्रलीमा चढेर उत्तर कोरियाबाट बाहिरिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । उनीहरुले उक्त ट्रलीलाई एक किलोमिटरसम्म (रुसी सीमानासम्म) रेलको ट्रयाकमा धकेलेका थिए । आठ जनाको उक्त समूहले यसअघि रुसको सीमाना नजिक पुग्न रेल र बसबाट यात्रा गरेका थिए । उत्तर कोरियाले कोरोना संक्रमणलाई रोक्न यात्रामाथि प्रतिबन्ध लगाएको छ ।
सम्भावित संक्रमणलाई रोक्न अतिरिक्त सुरक्षा बललाई सीमनामा तैनाथ गरिएको छ । रुसी विदेश मन्त्रालयले फेसबुकमा पोष्ट गर्दै विगत एक वर्षदेखि सीमामा ओहोरदोहोर गर्न प्रतिबन्ध लगाइएकाले यात्रा कठिन भएको जानकारी दिएको छ । मन्त्रालयले भनेको छः ‘आवागमनमा प्रतिबन्ध लगाइएकोले यात्रा लामो र गाह्रो भएको छ ।’ विदेश मन्त्रालयले ट्रलीसहितको फोटो शेयर गरेको छ ।
मन्त्रालयले दूतावासका सेक्रेटरी भ्लादिस्लाव सारोकिनलाई पुलमा ट्रली तानिरहेको देख्न सकिने जनाएको छ । यो पुल तामेल नदीमा पर्दछ । सो समूहमा तीन वर्षीया बालिका पनि छिन् । रुसी सीमानासम्म आइपुग्न उक्त समूहलाई उत्तरकोरियाको राजधानी प्योङयाङबाट रेलयात्रामा ३२ घण्टा र बसमा २ घण्टा यात्रा गर्नुपरेको थियो ।
गत वर्ष धेरै देशहरुले उत्तर कोरियामा रहेका आफ्ना दूतावासहरु बन्द गरेका छन् भने धेरै विदेशी कुटनीतिज्ञहरु त्यहाँबाट बाहिरिएका छन् । गत वर्ष मार्चमा जर्मनी, रसिया, फ्रान्स, स्वीजरल्यान्ड, पोल्याण्ड, रोमानिया, मंगोलिया र इजिप्टका कूटनीतज्ञहरुले उत्तरकोरिया छाडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण