अख्तियारले आफ्नै प्राविधिक परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने
भौतिक पूर्वाधार निर्माणका विषयमा परेका उजुरीहरूको अनुसन्धानलाई थप प्रभावकारी, विश्वनीय र गोप्य बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै प्राविधिक परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने भएको छ ।
आयोगले काठमाडौँस्थित केन्द्रीय कार्यालय परिसर र अन्य छ ठाउँमा प्राविधिक परीक्षण प्रयोगशाला निर्माण गरी सञ्चालनमा ल्याउन लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले भौतिक पूर्वाधार निर्माणबारे प्रश्न उठाउँदै परेका उजुरीहरूको अनुसन्धानका क्रममा सम्बन्धित पूर्वाधारको परीक्षण गर्नुपर्ने भएकाले आयोगले आफ्नै प्राविधिक प्रयोगशाला सञ्चालनमा ल्याउन लागेको जानकारी दिए
उनका अनुसान, काठमाडौँस्थित आयोगको केन्द्रीय कार्यालय परिसरसहित अयोगका अन्य छवटा कार्यालय इटहरी, बर्दिबास, हेटाँैडा, पोखरा, नेपालगञ्ज, कञ्चनपुरमा निर्माण कार्य भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हाम्रो नेतृत्वको सरकारले सुशासन र समृद्धिको जग बसाल्छः खगराज भट्ट
-
कमेडी शो ‘लुरे बुढा, भुँडे बुढी’ लिएर आउँदै इकु र स्नेहा
-
किन एकपछि अर्को गर्दै एक्लिँदै छ नेकपा एमाले ?
-
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
-
लुम्बिनीमा कांग्रेस अझै पर्खाइमा, भोलि पुन बैठक बस्ने
-
सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिमा दुई सदस्य मनोनित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण