प्राकृतिक बासस्थानमा बढेनन् घडियाल
सिमसार पारिस्थितिक प्रणालीको मुख्य प्रजाति मानिएको घडियाल गोही संरक्षणमा चुनौती थपिँदै आएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको कसरा मुख्यालय नजिकै सञ्चालित घडियाल संरक्षण केन्द्र सफल भए पनि जुन उद्देश्यका लागि संरक्षण केन्द्र स्थापना भएको हो त्यो उद्देश्य पूरा गर्न चुनौती थपिएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार केन्द्रले आशातीत प्रतिफल प्राप्त गरे पनि प्राकृतिक बासस्थानमा घडियालको सङ्ख्या बढाउन सकिएको छैन ।
प्रमुख संरक्षण अधिकृत बरालका अनुसार २०३५ सालमा स्थापना भएको केन्द्रले १० वर्षपछि निरन्तर रूपमा प्राकृतिक बासस्थानमा घडियाल छोड्दै आएको छ ।
यो केन्द्रमा प्रजनन् र हुर्काइएका घडियालका बच्चा विभिन्न नदी र तालतलैयामा छोडिँदै आएको भए पनि ती प्राकृतिक बासस्थानमा गोहीको वृद्धि अपेक्षित रूपमा हुन सकेको छैन । केन्द्रले हालसम्म विभिन्न नदीका एक हजार छ सयभन्दा बढी गोही छोडिसकेको छ । तर प्राकृतिक बासस्थानमा केवल दुई सयको हाराहारीमा मात्र गोही भेटिने गरेको छ ।
प्राकृतिक बासस्थानबाट गोहीको अण्डा सङ्कलन गरी कृत्रिम ह्याचिङ प्रविधि अपनाएर बच्चा उत्पादन गर्ने र ती बच्चा आहारा खोज्नसक्ने बनेपछि प्राकृतिक बासस्थानमा छोड्ने उद्देश्यले केन्द्र स्थापना गरिएको थियो ।
घडियालका लागि अनुवांशिक कोष अर्थात् जिन बैङ्कका रूपमा रहेको संरक्षण केन्द्र घडियाल गोहीको सङ्ख्यात्मक उत्पादनमा सफल भए पनि प्राकृतिक बासस्थानमा भने घडियालको सङ्ख्या वृद्धि गराउन सकिएको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अब हाम्रो नेतृत्वको सरकारले सुशासन र समृद्धिको जग बसाल्छः खगराज भट्ट
-
कमेडी शो ‘लुरे बुढा, भुँडे बुढी’ लिएर आउँदै इकु र स्नेहा
-
किन एकपछि अर्को गर्दै एक्लिँदै छ नेकपा एमाले ?
-
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
-
लुम्बिनीमा कांग्रेस अझै पर्खाइमा, भोलि पुन बैठक बस्ने
-
सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिमा दुई सदस्य मनोनित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण