कुखुराको दानाको मूल्य बढाउने तयारी
काठमाडौं । नेपाल दाना उद्योग संघले कुखुराको दानाको मूल्य बढाउने तयारी गरेको छ । दाना उत्पादनका लागि आवश्यक कच्चापदार्थको मूल्य बढेपछि संघले यस्तो तयारी थालेको हो । यसअघि गएको माघमा समेत प्रतिकिलो २ रुपैयाँका दरले दानाको मूल्य बढाएको संघले पुनः प्रतिकिलो २ रुपैयाँ मूल्य बढाउने भएको छ ।
अहिले अन्तरराष्ट्रिय बजारमै दाना उत्पादनका लागि आवश्यक पर्ने मुख्य कच्चापदार्थ (भटमास)को मूल्य र यसको ढुवानी भाडादर समेत बढेको संघले बताएको छ । सोहीकारण दानाको मूल्य बढाउनैपर्ने अवस्था आएको नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले बताए । ‘अबको २ साताभित्र मूल्य बढाउने तयारी गरिएको छ,’ उनले भने ।
भटमासको मूल्य अझ बढ्ने सम्भावना रहेकाले दानाको मूल्य अबको महीनामै बढ्न सक्ने संकेत उनले गरे ।
उनका अनुसार मङ्सिरमा प्रतिकिलो ६५ रुपैयाँ रहेको भटमासको मूल्य अहिले ८० रुपैयाँ पुगेको छ । अहिले भटमासको मूल्य बढ्नुपर्ने खास कारण नभए पनि अन्तरराष्ट्रिय बजारमा मूल्य बढेको बहानामा व्यापारीहरूले मूल्यवृद्धि गरेको बताइएको छ ।
अहिले ‘बी जिरो’ दानाको मूल्य प्रतिकिलो ६२ रुपैयाँ, ‘बी वान’को मूल्य प्रतिकिलो ६१ रुपैयाँ, ‘बी टू’को मूल्य प्रतिकिलो ६० रुपैयाँ र ‘बी थ्री’को मूल्य प्रतिकिलो ५९ रुपैयाँ छ । मूल्य बढेसँगै सबै प्रकारको दानाको प्रतिकिलो मूल्य क्रमशः ६४, ६३, ६२ र ६१ रुपैयाँ पुग्नेछ ।
नेपालमा दाना बनाउन प्रयोग गरिने भटमास र मकै अमेरिका, ब्राजिल, भारत लगायत देशबाट आयात गरिन्छ । दानाका लागि वार्षिक मागको ९९ प्रतिशत भटमास र ७० प्रतिशत मकै बाह्य मुलुकबाटै आयात गर्नुपर्ने अवस्था छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले प्रदेश खारेजीको माग गरिरहँदा तपाईंहरूको व्यवहारले उनीहरूलाई बल पुग्दैन ?
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण