विघटन गर्दा तत्कालै, अधिवेशन बोलाउँदा बिस्तारै
सरकारबाट प्रतिनिधिसभा विघटनको सिफारिस आउनासाथ छिनभरमा नै सदर गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन बोलाउने सिफारिसलाई भने त्यस प्रकारको प्राथमिकता दिएकी छैनन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रतिनिधिसभाको अधिवेशन यही फागुन २३ गते बस्ने गरी राष्ट्रपतिसमक्ष सिफारिस गरे पनि शनिबार साँझसम्म उनी मौन छिन् ।
हिजो शनिबार भएर अधिवेशनको आह्वान नभएको हो कि भन्ने हो भने पनि राष्ट्रपतिले नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना भने गरेकी छन् । सर्वोच्च अदालत बार एसोसिएसनका सचिव ऋषिराम घिमिरे ‘ढिलाइ गर्दा जनतालाई शंका हुने भएका कारण शुक्रबार नै नभए शनिबार भए पनि अधिवेशनको आह्वान गरिदिँदा उपयुक्त हुने थियो’ भन्छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नका लागि सिफारिस गर्दा राष्ट्रपति भण्डारीले केही मिनेटमा नै सिफारिसबमोजिमको कार्य गर्नुभएको थियो ।सर्वोच्च अदालतको आदेशबमोजिम सरकारले दुवै सदनको नभई प्रतिनिधिसभाको मात्र अधिवेशन बोलाउनुपर्नेछ । दुई सदनसहितको एक संघीय व्यवस्थापिका भए पनि सरकारले सर्वोच्चको आदेशबमोजिम प्रतिनिधिसभाको मात्र अधिवेशन बोलाउनुपर्ने देखिएको हो । आदेशमा दुवै सदन वा संघीय संसद् भनिएको छैन । केबल प्रतिनिधिसभाको मात्र अधिवेशन बोलाउन भनिएको छ ।
आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले प्रदेश खारेजीको माग गरिरहँदा तपाईंहरूको व्यवहारले उनीहरूलाई बल पुग्दैन ?
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण