म्यानमारमा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलायोः दुईको मृत्यु, दर्जनौं घाइते
म्यानमारमा आइतबारको सेना विरोधी प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ जसमा दुईजनाको मृत्यु भएको छ । यसका साथै दर्जनौं प्रदर्शनकारी घाइते भएको खबर छ ।
समाचार एजेन्सी रोयटर्सले म्यानमार प्रहरीले आइतबार सैन्य शासनको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि गोली चलाएको जसमा दुईजनाको मृत्यु भएको र दर्जनौं घाइते भएको पुष्टि गरेको छ ।
प्रहरीले यंगून शहरका विभिन्न इलाकामा टियर ग्यास र स्टन ग्रेनेड फ्याँकेका थिए । तर यति गर्दा पनि प्रदर्शनकारीको भीड तितरबितर नहुादा प्रहरीले गोली चलाएको थियो ।
Myanmar police crack down on protests for second day; one dead, several hurt https://t.co/aNTEXhO4Ts pic.twitter.com/YQRtWPpQGd
— Reuters (@Reuters) February 28, 2021
एक डाक्टरले नाम नबताउने शर्तमा एक व्यक्तिको छातीमा गाली लागेपछि अस्पताल ल्याइएको र उनको मृत्यु भएको जानकारी दिए ।
मिज्जिमा मिडिया आउटलेटले पनि यो मृत्युको पुष्टि गरेको छ ।
यसका साथै प्रहरीले देवाईको दक्षिणी इलाकामा पनि गोलीबारे गरेको छ जसमा एक व्यक्तिको मृत्यु् भएको छ र थुप्रै घाइते भएका छन् । म्यानमारका राजनेता क्या मिन तिकेले यो जानकारी रोयटर्सलाई दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा प्रहार भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण