फेवातालबारे गरिएका दर्जन अध्ययनभन्दा बेग्लै तथ्यांक
पोखरा । नेपाल–भारत सहयोग मिसनको रिपोर्टले २०१८ सालमा फेवा तालको क्षेत्रफल १०.३५ वर्ग किलोेमिटर रहेको उल्लेख गरेको थियो। नापी कार्यालय कास्कीका प्रमुख इन्जिनियर खिमलाल गौतमले त्यसकै आधारमा प्रमाण खोजी गर्दै गए। तर, कुनै प्रमाणले त्यसो भनेन। ‘न स्थानीय बूढापाकाका अनुभवले त्यसो भन्यो’, गौतमले भने, ‘त्यही रिपोर्ट आउँदाको बेलाको तालको नक्सा खोजेर नाप्दा पनि भनिएजति भेटिएन।’
तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विश्वप्रकाश लामिछानेको नेतृत्वमा फेवा ताल अतिक्रमण जग्गा छानबिन समिति बनाए। उक्त समितिले तालको क्षेत्रफल १२ हजार ८ सय ७४ रोपनी (६.५४ वर्गकिमि) रहेको प्रतिवेदन बनायो। इन्जिनियर गौतम सदस्यसचिव रहेको समितिको प्रतिवेदनले भने त्योभन्दा फरक तथ्य निकालेको छ।
गण्डकी प्रदेश सरकारको सिफारिसमा पुण्य पौडेलको संयोजकतत्वमा गठित समितिले फेवाको क्षेत्रफल ५.७२६ वर्गकिमि निक्र्याेल गरेको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पौडेल संयोजकत्वको प्रतिवेदन सार्वजनिक गरेका हुन्। फेवातालबारे गरिएका दर्जन अध्ययनभन्दा बेग्लै तथ्यांक पछिल्लो समितिले निकालेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
-
वर्षापछि माइतीघर जलमग्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण