माल्दिभ्समा प्रियंका आयुष्मानको रोमान्टिक अवतार
काठमाडौंँ । कोरोनाको कहरको समय बलिउडका धेरै सेलिब्रेटी माल्दिभ्स पुगेका थिए । छुट्टी मनाउन भन्दै उनीहरुले माल्दिभ्सको समुद्री किनारमा खिचिएका बिभिन्न तस्बिर समेत सार्वजनिक गरे । अहिले नेपाली अभिनेत्री प्रियंका कार्की पनि माल्दिभ्स पुगेकी छन् । कार्की छुट्टी मनाउन भन्दा पनि ‘जन्मदिन’ र ‘म्यारिज एनिभर्सरी’ मनाउन त्यहाँ पुगेकी हुन् ।

गत शनिबार उनको जन्मदिन परेको थियो भने फागुन महिनामै उनको म्यारिज एनिभर्सरी’ समेत परेको छ । पति आयुष्मान देशराज जोशीसँग माल्दिभ्स पुगेकी उनले त्यहाँका तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेकी छन् । तस्बिरमा प्रियंका र आयुष्मानको रोमान्स, जन्मदिन सेलिब्रेसन लगायत देख्न सकिन्छ ।
गत वर्षको फागुनमा विवाह गरेका प्रियंका र आयुष्मान कोरोना महामारीका कारण हनिमुनका लागि समेत निस्कन पाएका थिएनन् । त्यही भएर होला सायद उनीहरुले अहिले माल्दिभ्समा खुलेरै रोमान्स गरेको तस्बिरमा देख्न सकिन्छ ।

केही अगाडिसम्म नेपाली फिल्मकी नम्बर वान अभिनेत्री बन्न सफल प्रियंका म्युजिक भिडियोमा समेत फाट्टफुट्ट देखिने गर्छिन् । सामाजिक सञ्जालमा समेत निकै फ्यान पाएकी उनले सार्वजनिक गरेको माल्दिभ्सका तस्बिरले अहिले राम्रै चर्चा पाइरहेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम्बोडियामा रहेका नेपालीका लागि राहदानी नवीकरण शिविर सञ्चालन हुँदै
-
नर्वेमा नेपालगन्ज म्याराथनलाई प्रतिष्ठित ‘एम्स सोसल अवार्ड २०२६’ प्रदान
-
मुस्ताङमा चक्रपथ निर्माण
-
ऊर्जामन्त्रीद्वारा मर्स्याङ्दी विद्युत गृहको निरीक्षण
-
दक्षिण भारत यात्राका स्मृतिहरू
-
पुरुषमा पनि बढ्दै थाइराइडको जोखिम : यी लक्षण देखिए नगर्नुस् बेवास्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण