जुम्लामा ट्याक्टर दुर्घटना, आठजना घाइते
मङ्गलबार, १८ फागुन २०७७, १० : ५९
काठमाडौं । जुम्लाको सिँजा गाउँपालिका–६ भाटगाउँमा सोमबार बेलुकी ट्याक्टर दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
नराकोट बजारबाट नुन बोकेर भाटगाउँतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर सोमबार बेलुकी करिव साढे आठ बजे सडकवाट अन्दाजी ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते आठजनामध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार गम्भीर घाइते हुनेमा स्थानीय ५० वर्षीया भोटेनी बुढा र ६० वर्षीया मीनकली बुढा छन् ।
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा घाइतेहरुको उपचार भइरहको जुम्ला प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण