केन्द्रीय समिति बैठक सकियो, प्रचण्डले भने- हामी अर्को ब्याटल पनि जित्छौं

काठमाडौं । नेकपा प्रचण्ड नेपाल पक्षको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा विभिन्न निर्णय गर्दै बैठक सकिएको छ । बैठकले संसदीय दलको नेता तथा उपनेता हटाउनुका साथै पार्टी हितविपरीत गतिविधि गर्नेहरुलाई निलम्बनको घोषणा गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनताको बल, संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धिलाई आफूहरुले गुम्न नदिने बताए । उनले आफूहरुले ओलीविरुद्धको लडाइँका क्रममा सर्वोच्चमा परेको मुद्दा जितेको र निर्वाचन आयोगले पनि आफूहरुलाई नै आधिकारिकता दिने बताए ।
उनले भने, ‘सर्वोच्चको निर्णय हो हाम्रो पक्षमा आयो । निर्वाचन आयोगमा रहेको विवाद पनि जित्ने चरणमा छौं ।’ उनले अगाडि थपे, ‘एउटा ब्याटल जित्यौं, अर्को ब्याटल पनि जित्ने चरणमा छौं । हामी जित्छौँ। उनले ओली समूहको गतिविधि निभ्न लागेको बत्ती जस्तै भएको पनि प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महको गुणस्तर वृद्धिमा जोड
-
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत
-
राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु
-
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
-
१० बजे १० समाचार : अमेरिकामा नेपालीको मृत्यु, पतञ्जलि जग्गा प्रकरणमा आरोप-प्रत्यारोप जारी
-
बेंगलुरुको विजय उत्सवमा भागदौड प्रकरण : कर्नाटक क्रिकेट संघका अधिकारीहरूद्वारा राजीनामा