केन्द्रीय समिति बैठक सकियो, प्रचण्डले भने- हामी अर्को ब्याटल पनि जित्छौं
काठमाडौं । नेकपा प्रचण्ड नेपाल पक्षको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा विभिन्न निर्णय गर्दै बैठक सकिएको छ । बैठकले संसदीय दलको नेता तथा उपनेता हटाउनुका साथै पार्टी हितविपरीत गतिविधि गर्नेहरुलाई निलम्बनको घोषणा गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनताको बल, संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धिलाई आफूहरुले गुम्न नदिने बताए । उनले आफूहरुले ओलीविरुद्धको लडाइँका क्रममा सर्वोच्चमा परेको मुद्दा जितेको र निर्वाचन आयोगले पनि आफूहरुलाई नै आधिकारिकता दिने बताए ।
उनले भने, ‘सर्वोच्चको निर्णय हो हाम्रो पक्षमा आयो । निर्वाचन आयोगमा रहेको विवाद पनि जित्ने चरणमा छौं ।’ उनले अगाडि थपे, ‘एउटा ब्याटल जित्यौं, अर्को ब्याटल पनि जित्ने चरणमा छौं । हामी जित्छौँ। उनले ओली समूहको गतिविधि निभ्न लागेको बत्ती जस्तै भएको पनि प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
-
थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण
-
हानि तथा क्षतिका विषयमा संवेदनशील ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जाेड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण