साईप्रसमा घरेलु श्रमिक महिलाको मृत्यु
शुक्रबार, २१ फागुन २०७७, १० : २७
युरोपियन देश साईप्रसमा एक नेपाली महिलाको असामयिक निधन भएको छ । मङ्गलबार बिहान ४० वर्षीय संगीता पाण्डेको आकस्मिक निधन हो । गैरआवासीय नेपाली सङ्घ साईप्रसले मृतक पाण्डेको नेपाल घर नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं. १ पाण्डेगाउँ रहेको जनाएको छ ।
सघंका सचिव पुरन मगरका अनुसार नेपाली राजदूतावास इजरायल, नेपाली होनरी कन्सुलेट अफ साईप्रस र गैरआवासीय नेपाली संघ साईप्रसले बिहीबार पहिचान खुलेपछि मृतक पाण्डेको परिवारलाई जानकारी गराइएको बताए ।
सचिव मगरले मृतक पाण्डेको शव साईप्रसको कानुनी प्रक्रिया पुरा गरेपछि नेपाल पठाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण