पाकिस्तानी प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल
एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शनिबार यहाँ संसदको तल्लो सदन नेशनल एसेम्बलीमा (एनए) बाट विश्वासको मत प्राप्त गर्न सफल भएका छन् । उक्त सभाका सभामुख असद कैसरले प्रधानमन्त्री खानलाई विश्वासको मत मिलेको पुष्टि गरेका हुन् ।
सभासद्हरुका अनुसार पाकिस्तानी प्रधानमन्त्रीले आफू प्रधानमन्त्री हुँदा सन् २०१८ मा पाएको कूल मतभन्दा दुई मत बढी अर्थात् १७८ मत ल्याई पाकिस्तानी प्रधानमन्त्रीका रूपमा आफूलाई ताजा जनादेश रहेको पुष्टि गरेका छन् ।
राष्ट्रपतिले बोलाएको संसदको नयाँ अधिवेशनमा प्रधानमन्त्री रहिराख्न खानले आफूलाई प्रधानमन्त्रीमा साधारण बहुमत रहेको पुष्टि गर्नका लागि विदेशमन्त्री साह मोहम्मद कुरेसीद्वारा संसदको तल्लो सदन प्रस्तुत प्रस्ताव अनुमोदन भएसँगै उनलाई थप विश्वासका साथ काम गर्ने प्रोत्साहन मिलेको छ ।
तल्लो सदनमा सत्तारुढ पार्टीको बहुमतको बाबजुद पनि विपक्षी गठबन्धनका उम्मेदवारको नजिकको प्रतिस्पर्धामा उनका अर्थमन्त्री अर्थमन्त्री अब्दुल हफीज शेखलाई समर्थन गरेपछि पाकिस्तानी प्रधानमन्त्रीले विश्वासको मत पुष्टि गर्नुपर्ने अवस्था आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण