महन्थ ठाकुरले गठन गरेको वार्ता समितिको पार्टीमा विरोध
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारसँग छलफलका लागि बनाएको समितिको बारेमा पार्टीमा विरोध भएको छ । अध्यक्ष ठाकुरले पार्टीमा कुनै छलफल नै नगरि एकलौटी ढंगबाट पार्टीका कार्यकारिणी समितिका सदस्य सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई राखेर वार्ता समिति बनाएकोमा पार्टीमा विरोध भएको हो । आज जसपा नेपालको संसदीय दलको बैठकमा महन्थ ठाकुरले एकलौटी रुपमा वार्ता समिति बनाएकोमा समाजवादी पार्टीका सांसदहरुले विरोध गरेको बैठकमा सहभागी एक सांसदले जानकारी गराए ।
जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पटक–पटक छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले सरकारमा सघाउनका लागि महन्थ ठाकुरलाई आग्रह गरेपछि उनले रेशम चौधरीको रिहाइ, संविधान संशोधन र झुठा मुद्दा फिर्ता लिएपछि मात्र सरकारमा सहभागी हुने नहुने निर्णय गर्ने जवाफ दिएका थिए ।
सो जवाफपछि प्रधानमन्त्री ओलीले जसपालाई विश्वासमा लिनका लागि रेशम चौधरीको रिहाइ लगायतका विषयमा छलफल गर्न समिति बनाउन प्रस्ताव गरेका थिए । सरकारको तर्फबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ तथा जसपाको तर्फबाट पार्टीका कार्यकारिणी समितिका सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई राखेर वार्ता समिति बनाइएको थियो । तर यो वार्ता समितिको बारेमा पार्टीमा कसैलाई जानकारी थिएन । कर्ण र शुक्ला तत्कालिन राजपा नेपालका नेता हुन् । सो कार्यदलमा समाजवादी पार्टीका कसैलाई राखिएको छैन । संसदीय दलको बैठकमा त्यसको समाजवादी पार्टीका नेताहरुले विरोध गरेका थिए ।
त्यसको जवाफमा महन्थ ठाकुरले आफूले प्रधानमन्त्री ओलीसँग छलफल गरेको तर सरकारमा जानका लागि छलफल नगरेको जवाफ दिएका थिए । उनले जसपा नेपालले राख्दै आएको मुद्दालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको र त्यसैका लागि वार्ता समिति बनाइएको जवाफ दिएका छन् ।
ठाकुरले प्रधानमन्त्री ओलीबाट पटक–पटक सरकारमा आउन र सरकारलाई सहयोग गर्न आग्रह गर्नुभएको बताउँदै आफूहरुको माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने स्पष्ट रुपमा भनेको प्रतिकृया बैठकमा दिएका थिए ।
संसदीय दलको बैठकले सरकार वा अन्य दलसँग वार्ता गर्नका लागि अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरलाई जिम्मेवारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण