मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

संसारभरी जुम्ल्याहा जन्मने दर हालसम्मकै उच्च

शुक्रबार, २८ फागुन २०७७, ११ : ५५
शुक्रबार, २८ फागुन २०७७

संसारभरी जुम्ल्याहा जन्मने दर हालसम्मकै उच्च रहेको एक अनुसन्धानले बताएको छ ।

विश्वव्यापी रुपमा प्रत्येक वर्ष करिब १६ लाख जुम्ल्याहाको जन्म भइरहेको छ । यसमा प्रत्येक ४२ महिलामध्ये एकजनाले जुम्ल्याहा सन्तान जन्माउने गरेका छन् ।

ढिला गरी सन्तान जन्माउने र आइभीएफजस्ता चिकित्सा प्रविधिमार्फत् सन्तान उत्पादन गर्ने भएकोले पनि सन् १९८० यता जुम्ल्याह बच्चाहरुको जन्ममा तेब्बर वृद्धि भइरहेको छ ।

द जर्नल ह्यूमन रिप्रोडक्सनले विश्वव्यापी रुपमा गरेको अनुसन्धानका अनुसार पछिल्लो ३० वर्षमा जुम्ल्याहा जन्मने दरमा एसियामा ३२ प्रतिशत र उत्तरी अमेरिकामा ७१ प्रतिशतले वृद्धि भएको छ ।

अनुसन्धाताले सन् २०१० देखि २०१५ सम्म १ सय ६५ देशको जुम्ल्याह दरबारे जानकारी संकलन गर्दै यसलाई सन् १९८० देखि १९८५ को दरसँग तुलना गरेको छ ।

युरोप र उत्तर अमेरिकामा प्रत्येक हजार जन्ममा ९ जुम्ल्याहाको जन्म हुँदै आएकोमा ३ बढेर १२ पुगेको छ ।

यद्यपि, अफ्रिकामा पहिले देखि नै जुम्ल्याहा जन्मने दर उच्च नै थियो र यसमा पछिल्लो ३० वर्षमा खासै परिवर्तन आएको छैन ।

संसारभरी जन्मने जुम्ल्याहाको दरमा अफ्रिका र एसियाले मात्रै ८० प्रतिशत ओगटेको छ ।

युरोप, उत्तर अमेरिका र महासागरीय देशमा जुम्ल्याहाको दर बढ्दो छ । सन् १९७० पछि आइभीएफ, आइसीएसआई, ओभरियन स्टिमूलेशनमार्फत् बच्चा जन्माउने दरमा वृद्धि भएसँगै यसमा पनि वृद्धि भएको हो ।

अनुसन्धाताका अनुसार महिलाले ढिला गरी परिवार बसाल्ने योजना बनाउनु, गर्भनिरोधक औषधीको अत्यधिक प्रयोग गर्नु र प्रजनन क्षमतामा आएको कमीले पनि यसमा वृद्धि गरिरहेको छ ।

यद्यपि, मानिसहरु अहिले एक्लो सन्तान जन्माउन चाहन्छन् । यो तुलनात्मक रुपमा कम जोखिमयुक्त रहेको प्राध्यापक मोन्डेनले बताए ।

‘जुम्ल्याहा सन्तानको जन्म उच्च मृत्युदरसँग सम्बन्धित छ । गर्भावस्थामा र सुत्केरी भएपछि पनि यो महिला र शिशु दुबैका लागि जोखिमयुक्त रहन्छ,’ उनले भने ।

जुम्ल्याहा जन्मिसकेपछि पनि जोखिम कायम नै रहन्छ । उनीहरुको समय अगावै जन्म हुनसक्छ र कम तौलका पनि हुनसक्छन् ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप