नेहा कक्कडको नयाँ तस्बिरमा पति रोहनप्रित लेख्छन्, ‘अझै कति पटक मार्छाै मलाई’
मुम्बई । गायिका नेहा कक्कड सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । फ्यानसँग उनी तस्बिर तथा भिडियो शेयर गरिरहन्छिन् ।
हालै पनि उनले केही हट तस्बिर सार्वजनिक गरेकी छिन् । जसलाई दर्शकले निकै रुचाएका छन् । तस्बिरमा नेहा रातो रंगको आउटफिटमा देखिएकी छन् । ड्रेसका साथ उनले म्याचिङ लिपिस्टिकसमेत लगाएकी छिन् । जसले उनको सौन्दर्यमा निखार ल्याउने काम गरेको छ ।
यो लुक्समा नेहा निकै सुन्दर देखिएकी छिन् । यो लुक्समा उनको अगाडि माइकसमेत रहेको छ । फ्यानले तस्बिरलाई प्रेम र कमेन्टको वर्षा गरेका छन् ।
नेहाका पति रोहनप्रित सिंह पनि तस्बिर हेरेर दङ्ग परेका छन् । उनले तस्बिरमा कमेन्टमा लेखेका छन्, ‘अझै कति पटक मार्छाै मलाई ।’
नेहाको यो लुक्स आउँदो गीत ‘मतलबी यारिया’ को हो । १२ मार्चमा यो रिलिज हुँदैछ । यसबाहेक नेहा ‘बिग बस १४’ की बिजेता रुबीना दिलैक र उनका पति अभिनव शुक्लाका साथ एक म्युजिक भिडियोसमेत ल्याउँदैछिन् । भिडियो १८ मा मार्चमा रिलिज हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण