बलिउडमा षड्यन्त्रको शिकार भए गोबिन्दा, १६ करोड डुबेको खुलासा
९० को दशकमा गोबिन्दा सिनेमाघरमा राज गर्दथे । यद्यपि, पछिल्लो केही वर्षमा उनका जुन फिल्म रिलिज भए त्यसले खासै राम्रो प्रदर्शन गर्न सकेन । गोबिन्दाले पहिले पनि आफ्नो करियर समाप्त गर्ने कोसिस गरिएको भन्नेबारे जानकारी दिएका थिए । आफ्नो पछिल्लो अन्तरवार्तामा उनले यस्ता केही मुद्दामा कुराकानी गरेका छन् ।
फिल्म कुली नम्बर वानको रिमेकबारे गोबिन्दाले केही भन्न नै अस्विकार गरेका छन् । फिल्म अघिल्लो वर्ष ओटीटी प्लेटफर्ममा रिलिज भएको थियो र यसले नेगेटिभ रिभ्यू पाएको थियो । फिल्मको निर्देशन डेविड धवनले गरेका थिए जोसँग गोबिन्दाले थुप्रै सुपरहिट फिल्म दिए । गोबिन्दाले भने, ‘तपाईंले मलाई कहिल्यै पनि कोहीविरुद्ध बोलेको पाउनुहुँदैन । जबकी धेरैजसो मानिसहरुले मेरा बारे कुरा गर्छन् । म कहिल्यै कसैको कामलाई जज गर्दिनँ किनभने म सबैको मिहिनेत र लगानी गरिएको पैसालाई इज्जत गर्छु ।’
गोबिन्दा थप्छन्, ‘पछिल्लो १४–१५ वर्षमा मैले पैसा लगानी गरेँ र मैले करिब १६ करोड घाटा व्यवहोर्नुपर्यो । केही मानिसहरुले ममाथि असाध्यै नराम्रो व्यवहार गरे । यीमध्ये केही इन्डष्ट्रिका मानिसहरु पनि थिए । मेरो फिल्मले थिएटर पाएन र उनीहरु मेरो करियर समाप्त गर्न चाहन्थे, जुन भएन । अब म सन् २०२१ मा धमाकाका लागि प्रतीक्षा गरिरहेको छु ।’
बलिउडमा तपाईंविरुद्ध षड्यन्त्र रचियो ? यसको जवाफमा उनले भने, ‘हो, निश्चित रुपमा भएको थियो । भनिन्छ नि आफ्नो पनि पराई हुन्छन् । यदि भाग्य तपाईंको पक्षमा छैन भने तपाईंका आफ्ना मानिसहरु पनि तपाईं विरुद्ध हुने छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
-
फेवातालको मापदण्ड घटाउन जग्गाधनीले दिए सर्वोच्चमा रिट
-
पोखरा महानगरलाई लेखा समितिको निर्देशन: बेरुजु नतिर्नेको तीनपुस्ते सार्वजनिक गर
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची