माओवादी मन्त्रीले चिठ्ठी बुझ्न नमानेपछि हुलाकबाट खबर
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो पार्टीबाट मन्त्री भएका सातै जनालाई फिर्ता फिर्ता हुन पत्र पठाएको छ । माओवादी केन्द्रले मन्त्रीहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा तामाङलाई फिर्ता हुन निर्देशनसहितको पत्र पठाएको हो ।
‘सातै मन्त्रीलाई फिर्ता हुन पत्र पठाइएको छ । ६ जनालाई भेटेर पत्र दिइएको छ भने एकजनालाई नभेटेपछि हुलाकमार्फत पठाइएको छ,’ माओवादी केन्द्रीय कार्यलय स्रोतले भन्यो, ‘मन्त्री दावा तामाङलाई हुलाकमार्फत उनको मन्त्रालयमा पत्र पठाइएको हो ।’तर सोमबारसम्म कसैले पनि जवाफ पठाइ नसकेको बुझिएको छ ।
शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले माओवादीबाट मन्त्री बनेका संघीय मन्त्रीलाई फिर्ता बोलाउने र सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोमबार बसेको केन्द्रीय समिति बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रीहरुलाई स्पष्टिकरण सोधेको र समयभित्र जवाफ नआए सोही अनुसार अघि बढ्ने बताएका थिए । माओवादीले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।
यसैबीच एमालेतिर लागेका प्रभु साह लगायतका केही मन्त्री पुन माओवादीमै फिर्ता हुने तयारीमा लागेका छन् । साह लगायतका अन्य ३ जना मन्त्रीहरुले फिर्ता हुनेबारे माओवादी नेतृत्वसँग विभिन्न चरणमा छलफल गरेको बुझिएको छ । मन्त्री साहले पनि फिर्ता हुनेबारे नेताहरुसँग कुराकानी भएको स्वीकार गरे । उनले भने, ‘फिर्ताबारे कुराहरु भइरहेको छ । अहिले सकारात्मक ढंगले कुरा भएको मात्र भन्न सकिन्छ ।’ मन्त्री साह पछिल्लो पटक एमालेको ओली पक्षले बोलाएको बैठकमा समेत सहभागी भएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण