आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी मन्त्रीले चिठ्ठी बुझ्न नमानेपछि हुलाकबाट खबर

मङ्गलबार, ०३ चैत २०७७, ०६ : ००
मङ्गलबार, ०३ चैत २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो पार्टीबाट मन्त्री भएका सातै जनालाई फिर्ता फिर्ता हुन पत्र पठाएको छ ।  माओवादी केन्द्रले मन्त्रीहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा तामाङलाई फिर्ता हुन निर्देशनसहितको पत्र पठाएको हो । 

‘सातै मन्त्रीलाई फिर्ता हुन पत्र पठाइएको छ । ६ जनालाई भेटेर पत्र दिइएको छ भने एकजनालाई नभेटेपछि हुलाकमार्फत पठाइएको छ,’ माओवादी केन्द्रीय कार्यलय स्रोतले भन्यो, ‘मन्त्री दावा तामाङलाई हुलाकमार्फत उनको मन्त्रालयमा पत्र पठाइएको हो ।’तर सोमबारसम्म कसैले पनि जवाफ पठाइ नसकेको बुझिएको छ । 

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले माओवादीबाट मन्त्री बनेका संघीय मन्त्रीलाई फिर्ता बोलाउने र सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।  सोमबार बसेको केन्द्रीय समिति बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रीहरुलाई स्पष्टिकरण सोधेको र समयभित्र जवाफ नआए सोही अनुसार अघि बढ्ने बताएका थिए । माओवादीले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । 

यसैबीच एमालेतिर लागेका प्रभु साह लगायतका केही मन्त्री पुन माओवादीमै फिर्ता हुने तयारीमा लागेका छन् । साह लगायतका अन्य ३ जना मन्त्रीहरुले फिर्ता हुनेबारे माओवादी नेतृत्वसँग विभिन्न चरणमा छलफल गरेको बुझिएको छ । मन्त्री साहले पनि फिर्ता हुनेबारे नेताहरुसँग कुराकानी भएको स्वीकार गरे । उनले भने, ‘फिर्ताबारे कुराहरु भइरहेको छ । अहिले सकारात्मक ढंगले कुरा भएको मात्र भन्न सकिन्छ ।’ मन्त्री साह पछिल्लो पटक एमालेको ओली पक्षले बोलाएको बैठकमा समेत सहभागी भएका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप