चैत्र ५ गतेपछि सत्ता समीकरणले मुर्त रुप पाउँछः वर्षमान पुन
काठमाडौं । नेकपा(माओवादी केन्द्र) का नेता वर्षमान पुनले चैत्र ५ गतेपछि सत्ता समीकरणले मूर्त रुप पाउने बताएका छन् । मंगलबार नेकपा(माओवादी केन्द्र) को संसदीय दलको बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले चैत्र ५ गते बस्ने जनता समाजवादी पार्टीको बैठकपछि नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र) र जसपा, नेपाल बीचको सत्ता समीकरणले मुर्तरुप पाउने बताएका हुन् । तीन दलबीच गठबन्धन हुने दाबी गर्दै उनले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरुद्ध संयुक्त आन्दोलन गरिएका कारण तीन दलीय गठबन्धन प्राकृतिक हुने पनि बताए ।
उनले भने– ‘५ गते जसपाको बैठक छ । उहाँहरुको त्यो बैठक पछि यो सत्ता समीकरणले मुर्तरुप पाउँछ । माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाको बीचमा गठबन्धन बन्छ किन पनि भन्दा हामी सबैले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक हो । यसलाई सच्याउनुपर्छ भनेर एकै ठाउँमा उभिएर त्यसबारेमा एउटै धारणा बनाएको सन्दर्भमा, आ–आफ्नो ढंगले आन्दोलन गरेको सन्दर्भमा र संसद पुनःस्थापना भइसकेको सन्दर्भमा यो एउटा प्राकृतिक गठबन्धन पनि हो ।’ नेता पुनले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेका कारण विश्वासको मत लिने र कार्यकारी प्रमुख हुने नैतिक आधार गुमिसकेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण