सुरुवाती भेटमा शशि कपुरलाई ‘गे’ ठानेकी थिइन् श्रीमती जेनिफरले, यस्तो छ रोचक किस्सा ?
बलिउडका दिग्गज दिवंगत अभिनेता शशि कपुरको आज जन्म जयन्ती हो । १८ मार्च सन् १९३८ मा पश्चिम बंगालको कोलकातामा जन्मिएका शशि कपुरले हिन्दी सिनेमा जगतमा धेरै नै हिट फिल्म दिएका छन् । यद्यपि, शशि आफ्नो व्यावसायिक जीवनका साथै आफ्नो नीजि जीवनको विषयमा पनि निकै चर्चामा रहे । सन् १९५८ मा शशिले जेनिफर केन्डलसँग विवाह गरेका थिए तर त्यसअघिको कहानी निकै रोचक छ ।
जेनिफरकी बहिनी फेलिसिटी केन्डलले आफ्नो किताब ‘ह्वाइट कार्गो’ मा दुबैको लभ स्टोरीको सुरुवातबारे कुरा गरेकी छिन् । उनले आफ्नो किताबमा लेखे अनुसार जेनिफर आफ्नी एक साथीसँग ओपेरा हाउसमा नाटक हेर्न गएकी थिइन् र त्यहाँ शशिको नजर उनीमाथि पर्यो । जेनिफरकी बहिनीका अनुसार शशि उनलाई देख्ने बित्तिकै फिदा भएका थिए । त्यतिबेला शशि कपुरको नाम खासै चलिसकेको थिएन त्यसैले उनलाई जेनिफरसँग पहिचान बनाउन समय लागेको थियो ।
शशि कपुरले आफ्नो किताब पृथ्वीवालाजमा लेखे, ‘मैले जेनिफरका थुप्रै नाटक पनि हेरेँ । तर उनले मलाई कुनै नोटिस गरिनन् । केही दिनपछि एकदिन रोयल ओपेरा हाउसमा उनले आफू बम्बईमा रहने र हामी भेट्न सक्ने कुरा गरिन् ।’
त्यसपछि दुबै भेट्न थाले । जेनिफर शशिभन्दा पाँच वर्ष जेठी थिइन् । शशि कपुरले जेनिफरसँग समय बिताउन सकियोस् भनेर आफूले मुम्बई लोकलबाट एक स्टेशन बढी यात्रा गर्ने गरेको बताए ।
शशिलाई समलिङ्गी ठान्न थालेकी थिइन् जेनिफरः
अर्को एउटा रोचक किस्सा यो पनि हो कि त्यतिबेला टिनएजर (१८ वर्षीय) शशि यति लजालु थिए कि उनी जेनिफरसँग कुरा गर्दै असाध्यै बढी लजाउने गर्दथे । स्थिति यस्तो भयो कि जेनिफर उनलाई गे ठान्न थालिन् । शशि कपुरले पृथ्वीवालाजमा लेखेका छन्, ‘जेनिफरले मलाई पछि बताएकी थिइन् कि उनले मलाई गे ठान्न थालेकी थिइन् ।’
तर पछि सबै कुरा स्पष्ट हुन थाल्यो र दुबैको प्रेम विवाहसम्म पुग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण