अमिताभ र इमरानको ‘चेहरे’को ट्रेलर सार्वजनिक
मुम्बई । अभिनेता अमिताभ बच्चन र इमरान हाशमीको फिल्म ‘चेहरे’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा रीया चक्रवर्ती समेतको झलक समेटिएको छ । रीयालाई ट्रेलरमा २ सेकेन्ड मात्र देखाइएको छ ।
अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि रीयालाई कयौं आरोप लागेको थियो । उनलाई जेलमा पनि राखिएको थियो ।
ट्रेलरमा फिल्मको कथा सुरुदेखि अन्त्यसम्म निकै सस्पेन्सले भरिएको देखाइएको छ । ट्रेलरमा बर्फले ढाकेको पहाडको माथि एक गाडी समेत देखिएको छ । जसको व्याकग्राउण्ड अमिताभको डाइलग छ । अमिताभले भनेका छन्–‘यदि तपाईहरुमध्ये कसैले केही अपराध गर्नु भएको छ भने यहाँबाट सम्हालेर निस्कनुस् । किनभने यो खेल तपाइको साथ पनि खेल्न सकिनेछ ।’ अमिताभको डाइलगमा फिल्मको पुरै कहानी लुकेको छ ।
यसको अलवा ट्रेलरमा बर्फले भरिएको पहाडको बीचमा एक घर, न्यायको देवीको प्रतिमा, फासीका फन्दा, फैसला गर्दै गरेका न्यायाधीशलगायत कयौं झलक समेत रहेको छ । जुन फिल्मको महत्वपूर्ण हिस्सा हो । फिल्मको ट्रेलर निकै दमदार रहेको छ ।
फिल्मको पोस्टरमा भने रीयालाई टाढा राखिएको छ । ट्रेलरमा रीयाको झलक देखिएपछि सुशान्तका फ्यान भड्किन सक्छन् । फिल्ममा अमिताभ, इमरान, अलवा अन्नु कपुर, क्रिस्टल डिसुजा, ,धुतिमान चक्रवर्ती, रधुवीर यादव, र सिद्धान्त कपुर जस्ता स्टारको पनि अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
-
नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
-
६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण