सेक्सको लतका कारण स्पा सेन्टरमा गोलीबारी ?
अमेरिकाको अटलान्टा क्षेत्रमा स्पा सेन्टरमा गोलीबारीको आरोपमा २१ वर्षका एक युवकलाई पक्राउ गरिएको थियो । यो गोलीबारीमा ८ जनाको मृत्यु भएको थियो । सोधपुछका बेला संदिग्ध आरोपीले प्रहरीलाई हमलाको पछाडि कुनै जातीय कारण त थिएन भनेर प्रश्न सोधेका थिए । रोबर्ट एरोन लाङ्ग नामका यी आरोपीले आफूलाई सेक्सको लत भएको र यसैकारण आफूले घटना घटित गराएको स्विकार गरेको बताइन्छ ।
लाङ्गका अनुसार उनलाई बारम्बार स्पा जान मन लाग्थ्यो । यसैकारण उनको यौनप्रतिको आशक्ति बढ्दै गएको थियो त्यसैले पनि उनी स्पा सेन्टरलाई नै ध्वस्त पार्न चाहन्थे । यो हमलामा ६ एशियाली महिलाको पनि मृत्यु भएको थियो । यसैकारण थुप्रैले यसलाई जातीय हमला हो कि भन्ने ठानेका थिए ।
अमेरिकामा यौन व्यवहारका कारण यस्ता ठूला घटना घटित गराएको भन्दै स्वीकार गरिएको यो पहिलो घटना भने होइन । यसअघि यौन उत्पीडन मामिलामा दोषी पाइएका हलिउड निर्देशक हार्वे वेनस्टेन, सिरियल किलर टेड बन्डी र तीन युवतीलाई अपहरणपछि बन्दी बनाएर राख्ने एरियल कास्त्रोले पनि आफ्नो अपराधका लागि सेक्स र पोर्नोग्राफीको लत जिम्मेवार भएको बताइसकेका छन् ।
यद्यपि, यौनिकता र यौनको लतमाथि अनुसन्धान गरिरहेका शोधकर्ताको यो विषयमा भिन्न राय छ । शोधकर्ताका अनुसार यी दुबै चीजको मानसिक रोगसँग कुनै सम्बन्ध छैन र कुनै पनि अपराधका लागि यो कुरा जिम्मेवार हुन सक्दैन ।
मनोवैज्ञानिक तथा ‘द मिथ अफ सेक्स एडिक्सन’ का लेखक डेविड जे लेले द वासिङ्टन पोस्टलाई बताए, ‘जब मानिसहरु असाध्यै बढी उत्तेजित हुन्छन् तब उनीहरु आफूलाई नियन्त्रण गर्न सक्दैनन् भन्ने मान्यता राखिन्छ तर एक शोधका अनुसार सेक्सको लत लागेका मानिसहरु यस्तो स्थितिमा पनि आफूलाई नियन्त्रण गर्न सक्छन् । ’ केही वैज्ञानिकका अनुसार अपराधी यस्ता कुराको प्रयोग आफ्नो अपराध लुकाउनका लागि गर्छन् ।
न्यूरोसाइन्टिस्ट डाक्टर प्राजले क्यालिफोर्निया युनिभर्सिटीको एक शोधलाई उद्धृत गर्दै चुरोट–रक्सी पिउने वा जुवा खेल्नेजस्ता बानी र सेक्सको विषयमा दिमागले भिन्न भिन्न प्रकारले प्रतिक्रिया दिन्छ । केही मानिसहरुलाई सेक्सको यतिसम्मको लत लाग्छ कि उनीहरु कुनै पनि नकारात्मक कुराबाट टाढा रहनका लागि सेक्सको नै सहारा लिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण