सवारी आयातमा ५० हजार डलरको क्याप हट्यो
काठमाडौं । सरकारले सवारी आयातमा लागू भएको ५० हजार डलरको क्याप हटाएको छ । सोमबार राजपत्रमा एक सूचना प्रकाशित गर्दै सरकारले सवारी आयातमा गत वर्षदेखि लागु गरेको ५० हजारको सिलिङ हटाएको जानकारी दिएको हो ।
योसँगै अब अटो व्यवसायीहरुले ५० हजार डलर अर्थात् ६० लाख रुपैयाँ माथिका महँगा सवारीहरू पनि नेपाल भित्र्याउन पाउने भएका छन् । गत वर्ष कोभिड–१९ का कारण चैत ११ गतेदेखि मुलुक पूर्णतः लकडाउन गएसँगै सरकारले १६ गते ५० हजार डलरमाथिका गाडी आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
पछि सो निर्णयलाई केहि परिमार्जन गर्दै सरकारले अत्यावश्यक केहि विदेशी नियोग, एनजीओ, आइएनजिओ लगायतका क्षेत्रहरुले भने ५० हजार डलरभन्दा माथिका सवारी पनि आयात गर्न सक्ने निर्णय गरेको थियो । तर, अहिले सरकारले सबै क्षेत्रका लागि ५० हजारको क्याप हटाएको हो ।
गत वर्ष लकडाउनका बेला अत्यावश्यकीय आयातलाई खुकुलो नीति लिने र अनावश्यक विलासिताका साधनहरुलाई कडाई गर्दै वैदेशिक मुद्रा सञ्चिति कायम राख्ने नीतिअनुरुप सवारी साधन आयातमा कडाई गर्ने नीति दिएको थियो । तर अहिले विदेशी सञ्चितिको अवस्था राम्रो रहेको भन्दै सरकारले सवारी साधनमा लगाइएको प्रतिबन्ध खुल्ला गर्ने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण