बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

‘बिल्ला २’ अभिनेता थीपेत्ती गणेशनका निधन

मङ्गलबार, १० चैत २०७७, ११ : ५३
मङ्गलबार, १० चैत २०७७

मुम्बई । तमिल अभिनेता थीपेत्ती गणेशनको निधन भएको छ । 

हृदयघातको कारण उनको निधन भएको हो । उनको स्वस्थ्य अवस्था बिग्रिएपछि तमिलनाडुको राजाजी सरकारी अस्पतालमा भर्ना गरिएको थियो । त्यहि उनले अन्तिम सास फेरेका थिए । 

निर्देशक रामास्वामीले ट्वीटर मार्फत थीपेत्तीको निधनको समाचार बाहिर ल्याएका हुन् । उनले लेखेका छन् ‘म आफ्नो भाई कार्ति उर्फ थीपेत्ती गणेशनको निधनको दुःखमा छु । स्वास्थ्य अवस्था बिग्रिएको कारण उनलाई अस्पतालमा भर्ना गरिएको थियो । मेरो फिल्ममा काम गर्ने श्रेष्ठ अभिनेता मध्य एक थिए । उनको आत्मालाई शान्ती मिलोस् ।’

लकडाउनको समय थीपेत्ती आर्थिक मन्दिबाट गुज्रिएका थिए । सो समय उनले फिल्म ‘बिल्ला २’का आफ्नो सहकर्मी सुपरस्टार अजीतसँग कामको लागि दिलाउन  आग्रह गरेका थिए । उनले सो समय आफ्नो साथमा केही काम नभएको र त्यसले तनाव भैरहेको बताएका थिए । उनको भिडियो सार्वजनिक भएपछि उद्योगका कयौ मानिसले उनको मद्दत गरेका थिए ।

थीपेती फिल्म ‘बिल्ला २’का कारणले चिनिएका छन् । बिलला २ को अलवा उनले ‘थेनमेर्कु  परुवकात्रु’,‘उस्ताद होटल’, ‘नीरपरावा’ र ‘कन्ने कलाईमाने’ जस्ता फिल्म  अभिनय गरेका छन् । उनी पछिल्लो समय सीनु रामास्वमीको फिल्म ‘कन्ने कलाईमाने’मा देखिएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप