बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

घाइते साथीलाई नदीमा फालेर फरार भएपछि...

बुधबार, ११ चैत २०७७, ०७ : ३५
बुधबार, ११ चैत २०७७

ट्र्याक्टरबाट खसेर घाइते भएका साथीलाई कालीगण्डकीमा फालेर भागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गल्याङ नगरपालिका–८ का सुनील राना छन्। घटनाका मुख्य आरोपित सोही ठाउँका २४ वर्षीय अमित परियार फरार छन् ।
 जिल्ला प्रहरीका डीएसपी राजेन्द्र अधिकारीका अनुसार गल्याङ–९ पारीचौर स्थित बेलचौर –साँखर कच्ची सडकमा गत बिहीबार साँझ ढुंगा बोकेको लुअफ १०२० नम्बरको (अस्थायी नम्बर ) ट्र्याक्टरबाट खसेर गल्याङ–८ का १९ वर्षीय सहचालक गणेश गाहा घाइते भएका थिए । उनको टाउकोमा चोट लागेका थियो। 

‘ट्र्याक्टर चालक परियार र सहचालक रानाले घाइते गणेशलाई ट्र्याक्टरमा राखेछन्,’ अधिकारीले भने , ‘ पारीचौरबाट ट्र्याक्टर मोडेर फेरि साँखरस्थित कालीगण्डकी नदीको किनारमा लगेछन् र घाइते गाहालाई त्यहींबाट नदीमा फालिदिएछन्।’ आइतबार सूचना पाएपछि प्रहरी अधिकृतको टोली खोजतलासमा लागे पनि गाहा अहिलेसम्म नभेटिएका उनले बताए । कान्तिपुरमा खबर छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप