चितवनमा सिरक डसना उद्योगमा आगलागी
बुधबार, ११ चैत्र २०७७, १३ : ४४
चितवन । सिरक डसना उद्योगमा आज बिहान आगलागी भएको छ । भरतपुर महानगरपालिका–६ मा राजेन्द्रप्रसाद मल्लले सञ्चालन गरेको सिरक डसना उद्योगमा आज बिहान विद्युत् चुहिएर आगलागी भएको हो । आगलागीबाट कपास निर्माणका लागि ल्याइएका पुराना कपडा र यन्त्रमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगलागीबाट रु सात लाख बराबरको क्षति भएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । बिहान ९ बजे आगलागी भएको र ९ः३० मा नियन्त्रणमा आएको बताइएको छ । आगो स्थानीयवासी, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानसेनापतिद्वारा काजी वंशराज पाँडे सत्तल उद्घाटन
-
जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु
-
‘मध्यरातमा रानीपोखरीमा लगेर मानसिक दबाब दिए, प्रहरी घेरामा बयान गराए’
-
मणिपुर हिंसामा कम्तीमा ९८ जनाको मृत्यु
-
आईएमएफले भन्यो–श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सङ्केत देखियो
-
नक्कली भुटानी शरणार्थी प्रकरण : अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बहस