म्यानमारमा सेनाले घरमा छिरेर पिताको काखमा बसिरहेकी ७ वर्षकी बालिकालाई गोली हान्यो, हालसम्म २० बालबालिकाको मृत्यु
म्यानमारमा सैन्यू कूविरुद्ध चलिरहेको प्रदर्शनको दमनमा लागेको सेनाले अर्को एउटा क्रुर कारवाही गरेको छ । मांडले शहरमा सेनाले पिताको काखमा बसेकी ७ वर्षकी बालिकालाई गोली हानेको छ । प्रहरीको गोली लागेर मृत्यु हुनेमा खिन मायो चित सबैभन्दा कम उमेरकी पीडित हुन् ।
मृतकका छिमेकी सुमायाले भनिन्, ‘प्रहरीले मंगलबार प्रदर्शनकारीको खोजी गरिरहेका थिए । केही प्रहरी आए र लात हानेर खिनको घरको ढोका ढक्ढकाउन थाले । खिनकी दिदीले ढोका खोलेपछि जवान घरमा छिरे । सोध्न थाले, ‘पापाबाहेक घरमा को छन् ?’’
दिदीले भनिन्, ‘कोही छैन । प्रहरीले उनको कुरा झुटो बताएर कुटे । यो देखेर अगाडि उभिएकी खिन डराएर घरमा भएका पिताको काखमा बसिन् । तब पछाडिबाट आएका प्रहरीले पितामाथि गोली बर्साउन सुरु गरे, त्यहि क्रममा बालिकामाथि गोली लागेर उनको घटनास्थलमा नै मृत्यु भयो । ’
सेभ द चिल्डे«नका अनुसार म्यानमारमा हालसम्म सेनाको गोलीबारीमा २० बालबालिकाको ज्यान गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा प्रहार भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण