बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नबिल बैंकलाई ‘एक्सिलेन्स इनइम्प्लोइ एक्सपेरियन्स’ अवार्ड

शुक्रबार, १३ चैत २०७७, २२ : ४२
शुक्रबार, १३ चैत २०७७

काठमाडौं । निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले ‘एक्सिलेन्स इनइम्प्लोई एक्सपेरियन्स’ अवार्ड प्राप्त गरेको छ । मानव संसाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैंकलाई सो अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिट अन्तर्गत पहिलोपटक समावेश गरिएको अवार्ड नबिल बैंकले प्राप्त गरेको हो ।

बैँकभित्र रहेको मानव संसाधनलाई बैंकले सन्तुष्ट हुने गरि व्यापक सदुपयोग गरि काममा सहजता ल्याएका कारण अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ । कर्मचारीहरुको बैक प्रतिको अनुभवको उत्कृष्टताको आधारमा कम्पनीले बैंकलाई अवार्ड प्रदान गरेको ग्रोथ सेलरले जानकारी दिएको छ ।

कम्पनीले अवार्ड छनौटका लागि प्रोफेसर डा.सुवास केसीको संयोजकत्वमा निर्णायक मण्डल बनाएको थियो । सोही छनौट समितिले नबिल बैंकलाई ‘एक्सिलेन्स इनइम्प्लोई एक्सपेरियन्स’ अवार्ड दिने निर्णय गरेको हो । बैंकमा कर्मचारीहरुको कार्य सम्पादनका साथै उनीहरुको बैंक प्रतिको विश्वास र अनुभवको आधारमा साथै मानव संसाधनलाई बैंकले व्यापक उपयोग गरेको आधारमा अवार्ड दिने निर्णय भएको हो ।

बैंकको पवर्किङ कल्चर, सेवा सुविधा र उत्प्रेरणाका हिसाबले देशभरका शाखामा कार्यरत कर्मचारीहरु बैंंकप्रति सन्तुष्ट रहेका छन् । कोरोना कहरका बीच पनि नबिल बैंकले ७ महिना बराबरको तलब बोनस दिएको थियो ।
नबिल बैंकले स्टार बैंकरहरुसमेत जन्माइसकेको छ । बैंकका १ हजार एक सय २८ भन्दा बढी कर्मचारीहरु स्थायी रुपमा कार्यरत रहेका छन् । नबिल बैंकलाई यसअघि बेलायतको प्रतिष्ठित पत्रिका युरोमनीले लगातार दोस्रो पटक नेपालको उत्कृष्ट बैंकद्वारा पुरस्कृत गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप