गौरवका योजनाकै प्रगति न्यून
भरतपुर महानगरभित्रका गौरवका आयोजनाको प्रगति सन्तोषजनक हुन सकेको छैन ।
भरतपुर महानगरपालिकाभित्र सञ्चालित गौरवका आयोजनाको निर्माणमा ढिलासुस्ती भएको महानगर प्रमुख रेनु दाहालले बताइन् ।
“भरतपुर महानगरपालिकाभित्र सङ्घ, प्रदेशअन्तर्गत सञ्चालनमा आएका आयोजनाको प्रगति विवरण सन्तोषजनक छैन”, प्रमुख दाहालले आयोजनाका प्रमुख तथा ठेकेदारलाई बोलाएर निर्देशन दिइन्, “राष्ट्रिय गौरवका आयोजनालाई गति दिन काम थाल्नुस् । ढिला गर्ने काम छैन ।”पुल्चोक–गोन्द्राङ छ लेन सडक र महानगरीय सिटी हल निर्माण, देवघाटको शवदाह गृह, शारदानगरको रानीपोखरी पार्क, लक्ष्मीनारायण मन्दिर निर्माण र पुल्चोक–बाह्रघरे सडक निर्माण, शहीदचोक–कचपचे चोक सडक निर्माण जस्ता आयोजना महानगरभित्रका गौरवका आयोजना हुन् ।
पुल्चोक–गोन्द्राङ सडक र सिटी हल निर्माणको काम प्रभावकारी रूपमा अगाडि बढे पनि अन्य आयोजनामा सन्तोष गर्न नसकिने प्रमुख दाहालको गुनासो छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण