मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
सारांश
- डोल्पाको त्रिपुराकोट बजारमा प्रहरीले स्रोत नखुलेको ५५ लाख १० हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
- भेरी करिडोर सडक खण्डमा चेकजाँच गर्ने क्रममा दुनैबाट छलतर्फ जाँदै गरेको मोटरसाइकलबाट उक्त रकम बरामद भएको हो ।
- प्रहरीले रकम र मोटरसाइकलसहित चालक विष्णुलाल रोकाय र यात्रु भक्ति चन्द्र रोकायलाई नियन्त्रणमा लिएको छ ।
डोल्पा । जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिका वडा नम्बर १ त्रिपुराकोट बजारस्थित भेरी करिडोर सडक खण्डबाट प्रहरीले स्रोत नखुलेको ५५ लाख १० हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रतिनिधिको उपस्थितिमा खटिएको संयुक्त सुरक्षा टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
बुधबार जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षकको कमान्डमा ११ जना र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४६ गुल्म हेडक्वार्टर डोल्पाबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा १० जना गरी खटिएको २१ जनाको संयुक्त टोलीले सो क्षेत्रमा चेकजाँच गरिरहेको थियो । त्यस क्रममा दुनैबाट छलतर्फ जाँदै गरेको भे १३ प ९२६५ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा सो परिमाणको रकम फेला परेको हो ।
पक्राउ पर्नेहरूमा मोटरसाइकल चालक डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका वडा नम्बर ७ छल बस्ने अन्दाजी ३२ वर्षीय विष्णुलाल रोकाय र सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँका अन्दाजी ४२ वर्षीय भक्ति चन्द्र रोकाय रहेका छन्। उनीहरूको साथबाट बरामद भएको उक्त रकमको वैध स्रोत खुलाउन नसकेपछि प्रहरीले रकम र मोटरसाइकलसहित दुवै जनालाई कानुन बमोजिम नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विनय कुमार सिंहका अनुसार यस घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य अगाडि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण