नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
सारांश
- अर्थ समितिले शेयर बजारमा सुधार ल्याउन र लगानीकर्ताको मनोबल बढाउन सरकारलाई निर्देशन दिएको छ ।
- समितिले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को पुनर्संरचना सम्बन्धी कार्यलाई तदारुकताका साथ अगाडि बढाउन भनेको छ ।
- पुँजीबजारलाई आधुनिक बनाउन, धितोपत्रका उपकरणहरू विस्तार गर्न र पारदर्शी नियमन गर्न पनि निर्देशन दिइएको छ ।
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले शेयर बजारमा सुधार ल्याउन र लगानीकर्ताको खस्किएको मनोबल उच्च बनाउन सरकारलाई महत्त्वपूर्ण निर्देशन दिएको छ । समितिले अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई पूँजीबजारको आधुनिकीकरण र संरचनागत सुधारका लागि ठोस कदम चाल्न निर्देशन दिएको हो ।
समितिले शेयर बजारप्रति समग्र लगानीकर्ताको विश्वास बढाउन र बजारलाई थप पारदर्शी एवं सुरक्षित बनाउन विभिन्न बुँदामा निर्देशन जारी गरेको छ ।
सरकारी स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को पुनर्संरचना सम्बन्धी कार्यलाई तदारुकताका साथ अगाडि बढाउन भनिएको छ । लामो समयदेखि बहसको विषय बनेको नेप्सेको निजीकरण वा रणनीतिक साझेदार भित्र्याउने प्रक्रियालाई यसले थप बल पुर्याउने देखिएको छ ।
पूँजीबजारलाई समयानुकूल आधुनिक बनाउन र धितोपत्रका उपकरणहरूलाई विविधीकरण एवं विस्तार गर्न समितिले जोड दिएको छ । यसले बजारमा नयाँ लगानीकर्ता र नयाँ उपकरणहरूको प्रवेशलाई सहज बनाउने अपेक्षा गरिएको छ ।
बजारमा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न र नियमनकारी निकायलाई थप जिम्मेवार बनाउन ‘पारदर्शी नियमन’ गर्न निर्देशन दिइएको छ ।
पछिल्लो समय उतारचढावपूर्ण रहेको शेयर बजारका कारण चिन्तित बनेका लगानीकर्ताहरूको विश्वास र मनोबल बढाउने गरी कार्यसम्पादन गर्न अर्थ मन्त्रालय र धितोपत्र बोर्डलाई सचेत गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण